• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    रेडियोबाटै समातिएका पत्रकार विकलाई रिहा गर्न क्रान्तिकारी पत्रकार संगठनको माग

    8.5K
    SHARES



    काठमाडौँ । कालिकोटको रेडियो नयाँ कर्णालीमा कार्यरत पत्रकार कर्ण बिकलाई रेडियोमा काम गरिरहेकै बेला प्रहरी कार्यालयले कार्यकक्षबाटै गिरफ्तार गरेकोप्रति क्रान्तिकारी पत्रकार संगठन नेपालले आपत्ति जनाएको छ ।

    संगठनले पत्रकार विश्कर्मालाई सरकारले गरेको गरेको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले पत्रकारलाई कार्यकक्षबाटै गिरफ्तार गरेर नेपालको संविधान २०७२ मा उल्लेखित प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने प्रावधान विपरित कार्य गरेको सो संगठनको आरोप छ ।

    सो संगठनका अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भुषालद्धारा जारी विज्ञप्तिमा सरकारले विभिन्न बहानामा पत्रकारलाई गिरफ्तार गर्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पत्रकार संगठन, क्रान्तिकारी पत्रकार संगठन नेपालले बिज्ञप्तिमार्फत सरकारी कदमको भ्रत्सना गरेको हो।

    सही र सत्य सूचना पाउने जनताको अधिकारलाई कमल र आवाजको माध्यमबाट नागरिककाबीच्मा पुर्याउँदा पत्रकारलाई नै हतकडी लगाउनु घोर भ्रत्सनायोग्य कार्य भएको भन्दै गिरफ्तार गरिएका पत्रकार विकलाई रिहा गर्न संगठनको माग छ ।

    सरकारले पत्रकार विकलाई विप्लव नेतृत्वको नेकपालाई सहयोग गरेको आरोपमा गिरफ्तार गरेको हो । कुनै व्यक्ति पेशाका हिसाले पत्रकार भएपनि उसले जुनसुकै राजनीतिक विचारमा आस्था राख्न पाउने अधिकार हुँदाहुँदै पनि उनलाई गिरफ्तार गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

    रास्कोट नगरपालिका-९, फुकोट निवासी विश्वकर्मा विगत ३ वर्षदेखि प्राविधिकको रुपमा कार्यरत थिए । उनलाई विहीबार प्रहरीले विश्‍वकर्मालाई स्टुडियोबाटै गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्टुडियोमै प्रवेश गरी विश्‍वकर्मालाई गिरफ्तार गरेको थियो ।

    यस्तै पत्रकार बिकको गिरफ्तारीलाई लिएर नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समेत आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघले विहीबारै प्रेस विज्ञप्ति जारी गरेर स्टुडियोमै प्रवेश गरी विश्‍वकर्मालाई गिरफ्तार गरेको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ