• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    जनमुक्ति सेनाका पूर्णकमाण्डर खड्का गिरफ्तार, मानसिक तनाव दिएर केहीबेरमै छोडियो

    7.8K
    SHARES



    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएकाे सरकारले त्यससँगै पूर्व जनमुक्ति सेनाका याेद्धाहरुलाई पनि अनावश्यक दु:ख दिन थालेकाे छ । जनयुद्ध सुरु हुँदाताकाे झल्काे दिनेगरी सर्वसाधारण र अन्य पेशा व्यवसाय गरेर बसेकाहरुलाइ पनि दुख दिन थालेपछि धेरैले सरकारकाे कदमकाे व्यापक विराेध गरेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने कार्यकाे पनि चाैतर्फी विराेध भइरहेकाे छ ।

    केपी शर्मा ओली नेतृत्वकाे वामपन्थी सरकारले गत मंगलबारदेखि विद्राेही नेकपामाथि प्रतिबन्ध लगाएको हाे । त्यसयता देशभरका प्रहरी इकाइलाइ साे पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्न सर्कुलर पनि जारि गरिसकेकाे समाचार सार्वजनिक भएका छन् । सरकारले त्यसाे भने पनि प्रहरीले भने सर्वसाधारण नागरिक, विभिन्न पेशा व्यवसायमा लागेका पूर्व माओवादी कार्यकर्ताहरुतिर लागेकाे देखिएकाे छ ।

    यसैक्रममा प्रहरीले जनमुक्ति सेनाका पूर्व कमाण्डर चुडाबहादुर खड्कालाइ गिरफ्तार गरेर उनलाइ दुख दिएकाे छ । उनलाइ विना कारण प्रहरीले गिरफ्तार गरेर चाैकीमा पुर्याउँदा उनका परिवारलाइ पनि ठूलाे तनाव परेकाे छ । विगतमा जनयुद्ध लडेका पूर्व जनमुक्ति सेना मिलन अहिले भने यातायात व्यवसायी हुन् । उनी सगरमाथा यातायात प्रा.लि काठमाडौं शाखाको प्रमुख हुन ।

    खड्कालाइ फाल्गुन २७ गते अपरान्ह अपराध महाशाखाको टोलीले नयाँ बसपार्कको टिकट काउन्टरबाटै पक्राउ गरेर लगेकाे हाे । बसपार्ककाे टिकट काउन्टरबाट पक्राउ गरिएका खड्कालाइ त्यहाँबाट सिधै प्रहरीले उनकाे कोठामा पुर्यायाे । काेठामा लगेर पनि अनावश्यक रुपमा खानतलासी गर्ने र पारिवारिक र मानसिक तनाव सृजना गर्ने काम गरेकाे उनी बताउँछन।

    त्यहाँबाट प्रहरी कार्यालयमा पुर्याइएका उनलाइ बेलुकीपख भने श्रीमतीकाे साथमा छाडेकाे थियाे । प्रहरीले उनलाइ गिरफ्तार गरेर कहिलेदेखि माओवादी बनेकाे, जनमुक्ति सेनामा कति काम गरेकाे भन्ने जस्ता विल्कुलै असान्दर्भिक प्रश्न गरेकाे उनले बताए । उनलाई प्रहरीले आवश्यक परे फेरि बाेलाउने गरी रिहा गरेकाे उनले बताए । आफूलाइ पूर्व जनमुक्ति सेना भनेर पक्राउ गर्न खाेज्ने र मानसिक यातना दिइरहने गरेकाेले यसले आफ्नाे मानव अधिकारमाथि राज्यले हस्तक्षेप गरेकाे उनी बताउँछन् ।

    कुनै समय एउटै आन्दाेलनमा रहेका साथीसंगीहरु सरकारकाे नेतृत्व गरिरहेका बेला आफ्नाे काम गरेर खान नपाउने स्थिति सिर्जना गरिएकाे भन्दै उनले पूर्व नेताहरुलाइ सेचत पनि गराए । उनी भन्छन, ‘युद्धको समयमा पनि दु:ख पाइयो । अहिले राजनीतिबाट अलग भएर व्यवसाय गरीखान्छु भन्दा पनि राज्यले दु:ख दिएकाे छ । हामीले नै लडेर ल्याएकाे गणतन्त्रकाे फल चाख्ने उल्टै हामीमाथि यस्ताे केरकार के का लागि ?”

    प्रधानमन्त्री ओली र हिजाेका आफ्नै कमाण्डर आजका गृहमन्त्री रामबहादुर थापा बादलमाथि उनी प्रश्न गर्छन, “के सामाजिक परिवर्तन र व्यवस्था परिवर्तनका लागि हिजाे लडेकाे आज हिसाब खाेज्न थालिएकाे हाे ? के पूर्व जनमुक्ति सेनालाइ स्वतन्त्र व्यवसाय गरेर खान नदिने नीति ल्याइएकाे हाे ?”

    केही वर्ष अघिसम्म राजनीतिमा सक्रिय रहेका उनी पारिवारिक र स्वास्थ्यका कारण २०७४ सालपछि भने कुनै पार्टीमा नरहने गरी पार्टी परित्याग गरिसकेको बताउँछन । उनी द्वन्द्व मैत्री समाज नेपालको केन्द्रीय सचिव पनि हुन्छ । २०५६ सालदेखि माओेवादी आन्दोलनमा पूर्णकालीन भएर लागेका उनले थुप्रै मोर्चा लडेका थिए ।

    उनले ‘माओवादी आतंकारी’को नाममा २०५८ देखि २०६० सालसम्म रामेछाप कारागारमा जेल जीवनसमेत बिताएका थिए । कारागरबाट छुटेपछि उनी जनमुक्ति सेनामा रहेर काम गर्दै तेस्रो डिभिजन शक्तिखोरबाट अवकास लिएका थिए । २०६२ माघ २५ गते काभ्रेको पनौतीमा तत्कालिन शाहि सेनासँगको भिडन्तमा घाइते भएका थिए उनी। युद्धको समयमा हिरासतमा रहेर पाएको यातना र भिडन्तमा परेर घाइते भएका कारण अहिले खड्कको फोक्सो र किड्नीमा गम्भीर समस्या छ । साेही कारणले उनी सक्रिय राजनीति छाडेर व्यवसायमा गरेर बसेका छन ।

    सरकारले मिलन जस्तै अरु देशभर पछिल्लाे समय पूर्व जनमुक्ति सेनाहरुमाथि धरपकड बढाएकाे बुझिएकाे छ । विप्लव नेतृत्वकाे नेकपाकाे सम्पर्कमा उनीहरु पुग्नसक्ने आशंका गर्दै सरकारले यसरी अनावश्यक दु:ख दिने खानतलासी गर्ने, निगरानी राख्ने गरेमा त्यसले झन द्वन्द्व बढ्ने विश्लेषकहरु बताउँछन । याे सरकारकाे निकै कमजाेर र उही २०५२ सालमा जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार र प्रहरीले गरेकाे जस्ताे निकै अपरिपक्व र आफै युद्ध भड्काउने काम हुने उनीहरुकाे भनाइ छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ