• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपालाई बदनाम गराउन कैलालीमा जन्तीबस जलाएको हल्ला, यस्तो रहेछ यथार्थ

    15K
    SHARES



    काठमाडौं । विद्रोही नेकपाले अओजना गरेको बिहीबारको नेपाल बन्दको दिन दिउसोको समयमा केहि अनलाइनहरुले एउटा समाचार प्रकाशन गरे । समाचारको शीर्षक थियो – ‘कैलालीमा विप्लवका कार्यकर्ताले जन्ती बस लगाए !’

    केहिबेरमै उक्त् समाचार भाइरल बन्यो । सामाजिक सञ्जालमा केहि मान्छेहरुले नेकपा कार्यकर्ताहरुको आलोचना पनि गरे । बन्दको दिन एम्बुलेन्स, दमकल, पानी, दुग्ध पदार्थलगायत अत्यावश्यक सवारीसाधनलाई भने नेकपाले निर्बाध रूपमा चलाउन दिइरहेको थियो ।

    १ हप्ताअघि नै नेपाल बन्दको सूचना विज्ञप्तिमार्फत सार्वजनिक गरेको नेकपाले बिहिबार देश ठप्प पार्दा अबज्ञा गरेर सवारीसाधन चलाउनेमाथि भने धेरै ठाउँमा कारवाही गरेको जनाएको छ ।

    कैलालीमा जन्ती बस जलेको समाचार आएपछि हामीले नेपाल कम्युनिस्ट पार्टी कैलालीसँग सम्पर्क गर्ने प्रयास गर्यौं । सोहि क्रममा नेकपा कैलालीले जन्ती बोकेको बस आफ्नो पार्टीले नजलाएको स्पष्ट पारेको छ । तर ३ दिनअघि नै विवाहको जन्तीमा अप्रयोग भएको र बिहिबार नियमित नम्बर लिएर बन्द अबज्ञा गर्दै गइरहेको बसलाई भने कारबाही गरिएको जानकारी नेकपा कैलालीका इन्चार्ज विवेक कुमालले दिएका छन् ।

    उनले भने, ‘हामीले सबै जाँच गर्दा नम्बर लिएर चलेको पाइएपछि कारबाही गरिएको हो । जन्ती बस होइन । बरु दुई दिनअघि नै जन्ती छोडेर आएको भन्ने देखिएको छ ।’ उनले पार्टीलाई बदनाम गराउने उदेश्यले बाहिर गरिएको हल्ला गलत भएको प्रष्ट पारेका छन् ।

    यस्तो हल्ला र भ्रामक समाचारले नझुक्किन पनि उनले सबैमा आग्रह गरेका छन् भने सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आम मिडियाकर्मीहरुलाई उनले अनुरोध पनि गरेका छन् ।

    बिहिबार बन्द अबज्ञा गरेर सन्चालन गरिएका दर्जनौं गाडीहरुमाथि नेकपाले कारवाही गरेको बुझिएको छ । नेकपाले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै कैलालीकै बडैपुरमा एक यात्रुवाहक बसमाथि आगो लगाइएको थियो । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुहरु बाहिर निकालेर आगो लगाइएको प्रत्यक्षदर्शीले बताएका थिए ।

    राज्य आतंकको बिरुद्ध बिहिबार १ दिनका लागि गरिएको नेपाल बन्द भब्यरुपमा सफल भएको नेकपाले निष्कर्ष निकालेको छ । बिहिबार साँझ नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै ओली सरकारको ज्यादतीबिरुद्ध आव्हान गरिएको बन्दमा साथ दिने सबै पक्षलाई धन्यवाद दिएका छन् ।

    साथै ओली-बादल कम्पनीले लगाएको प्रतिबन्ध पानीको फोकाजस्तै फुटेर जाने बताएका पनि उनले छन् । महासचिव विप्लवले आमहडतालसहितको १ दिने नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताएका छन् ।

    “हामीले इमानदार र कुशलताका साथ ती अवरोधहरूलाई पन्छाउँदै आएका छौँ । यही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।” महासचिव विप्लवले भनेका छन् ।

    सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि आफ्नो पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले सरकारले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने प्रस्टपारेका छन् ।

    ‘’हाम्रो पार्टीका विरुद्धमा केही समयदेखि केपी एन्ड बादल कम्पनीले देशैभरि भीषण दमन चलाइराखेको छ । जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, यति मात्र नभएर गोलीसम्म हान्न पुगेको छ । उसको यस्तो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको छ ।” विज्ञप्तिमा भनिएको छ- ”यस्तो अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले उसले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दै गर्दा कैयौँ अवरोधहरू आउने गर्छन् ।”

    विप्लवले बिगतका आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गरेका छान्।

    विप्लवको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

    ‘हाम्रो पार्टीका विरुद्धमा केही समयदेखि केपी एन्ड बादल कम्पनीले देशैभरि भीषण दमन चलाइराखेको छ । जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, यति मात्र नभएर गोलीसम्म हान्न पुगेको छ । उसको यस्तो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको छ ।

    यस्तो अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले उसले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दै गर्दा कैयौँ अवरोधहरू आउने गर्छन् । हामीले इमानदार र कुशलताका साथ ती अवरोधहरूलाई पन्छाउँदै आएका छौँ । यही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।

    यही क्रममा हाम्रो पार्टीले आज आयोजना गरेको बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको छ । हाम्रो यो आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरिन्छ ।

    साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गर्दछौँ । उक्त आन्दोलनमा हाम्रो पार्टी काँधमा काँध, हातमा हात मिलाएर अघि बढ्न तयार छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ