• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाले एनसेलमाथि कारवाही गर्दा अमेरिकालाई ठुलो तनाव, राजदूत बेरीले गरे यस्तो गम्भीर ट्वीट

    10.7K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ७२ अर्ब घोटाला गर्दै आएको एनसेलमाथि कारवाही गरेको बिषयलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ । शुक्रबार नेकपाले एनसेलको ललितपुरस्थित मुख्यालय देशका २ दर्जन बढी जिम्मामा रहेका टावरमाथि आक्रमण गरेकोप्रति नेपालका लागि अमेरिकाका राजदूत रेन्डी बेरीले गम्भीर शब्द प्रयोग गर्दै आपत्ति जनाएका हुन् ।

    आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेर बेरीले बम बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको घटनालाई आपराधिक गतिविधिको संज्ञा दिएका छन् । उनले एनसेलमाथिको आक्रमण विरोध मात्रै नभई आपराधिक हिंसा भएको पानो दावी गरेका छन् ।

    राजदूत बेरीले यस्ता गतिविधिलाई लोकतान्त्रिक नेपालमा स्थान नहुने समेत जनाएका छन् । अमेरिकी राजदूतले अविवेकी आक्रमणमा परेर मृत्यु हुनेका परिवारको साथमा आफू भएको जनाउँदै घाइतेहरुको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

    शुक्रबार राति भएको आक्रमणको जिम्मा नेकपा लिइसकेको छ । घटनाको जिम्मा लिँदै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले एनसेलले कर नतिरेको कारण आफूहरुले कारवाही गरेको बताएका छन् । उनले आइतबार बीबीसीसँग कुरा गर्दै शुक्रबार एनसेलको मुख्यालयदेखि देशभर भएका घटना पार्टीले गरेको भन्दै जिम्मा लिएका हुन् ।

    पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज समेत रहेका ओलीले सरकारले एनसेलमाथिको कारवाहीलाई लिएर सरकारले आफ्नो पार्टीमाथि दमन गरे प्रतिरोध गर्ने चेतावनी दिए । “सरकारले न्यायपूर्ण कार्यलाई अन्ययपूर्ण सरकार आउने थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन्, त्यसको साथसाथै नयाँ राज्यसत्ता स्थापति गर्नेछन्” ओलीले कुराकानीको क्रममा भने । उनले सरकारका कुनै पनि निकायहरुले एनसेललाई कर नतिराएकोले आफूहरुले कारवाही गर्न बाध्य भएको बताए ।

    आफ्नो कारवाही कुनै व्यक्ति वा सर्वसाधारणविरुद्ध नभएको भन्दै ओलीले नख्खु विस्फोटमा परी ज्यान जानु दुःखद् भएको बताए । उनले मुख्य काम गर्ने बेला त्रृटि भएको भन्दै मृतकका परिवारलाई पार्टीले राहतको व्यवस्था गर्ने समेत बताए ।

    एक अर्को प्रसंगमा क्रान्तिको क्रममा निर्दोषको ज्यान जाने गरी हुने घटनाप्रति आफूहरु पूर्णरुपमा रुपमा सचेत हुने भन्दै ओलीले भने, “जनयुद्धको क्रममा अनहाकमा प्रचण्ड, बाबुराम र बादलहरुले १७ हजार मानिसहरुको ज्यान लिएका छन्, उनीहरुलाई कारवाही हुनुपर्छ ।”

    वार्ताको माध्यबाट समस्या समाधान नहुने संकेत नदेखेपछि आफूहरु अगाडि बढेको ओलीले बताए । उनले सरकार वार्ता गर्ने पक्षमा नरहेको समेत आरोप लगाए । जनयुद्धको क्रममा कब्जा गरेको ८० प्रतिशत भूभाग यथावत र ४० हजार जनमुक्ति सेनाको पुर्नगठन गरे आफ्नो पार्टी वार्ताको लागि तयार रहेको ओलीले बताए ।

    यसैबीच बम विस्फोटको अनुसन्धानका लागि पक्राउ परेका सुरक्षा गार्डले प्रहरीलाई चकित पर्ने अनौठो बयान गरेका छन् । घटनाका प्रत्यक्षदर्शीजस्तै बनेका उनीहरुले आफूहरूले ‘बम हो भनेर नचिन्दा विस्फोट भएको’ प्रहरीलाई बयान दिएका छन्।

    ‘कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै थियो। त्यो कुरा हामीभन्दा माथिका हाकिमले थाहा पायो भने जागिर जान्छ भनेर बाहिरको गेटमा पुगाएका हौँ, तर बम रहेछ विस्फोट भयो,’ पक्राउ परेका गार्डले प्रहरी बयानमा भनेका छन्।

    शुक्रबार बेलुका भएको बम विस्फोटमा टावरको सुरक्षाका लागि खटिएका सुरक्षा गार्ड नै शंकाको घेरमा परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्‍धान गरिरहेको छ। एनसेल टावरको सिसिटिभी फुटेज हेरेका प्रहरी अधिकारीका अनुसार बम विस्फोट हुनुभन्दा केही समयअघि एनसेल टावर अगाडिको गेटमा तीन मोटरसाइकलमा केही मानिस आएको देखिएको छ।

    ‘उनीहरूले गार्डहरूसँग केही कुरा गरेको पनि देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने,’ त्यसको एकछिनपछि सुरक्षा गार्ड भित्र गएर बम ल्याएर गेटतिर लाँदै गरेको देखिन्छ।’ त्यसको केही समयलगत्तै बम विस्फोट भएको थियो। विस्फोट भएको प्रेसर कुकर बम भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

    प्रहरीका अनुसार दुवै सुरक्षा गार्ड यसअघि सेनाका जमदार हुन्। नेकपाले उनीहरूलाई प्रयोग गरेको आशंका प्रहरीको छ। तर, उनीहरूले त्यो कुरा अस्वीकार गरेका छन्।

    यस्तै बम विस्फोटमा संलग्न आरोपमा पक्राउ परेकामध्ये ३ जना नेकपाका कार्यकर्ता भएको पुष्टि भएको छ । उनीहरुविरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतबाट तीन दिन म्याद थप गराएको छ । प्रहरीका अनुसार कालिकोटको रासकोट नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्ने २० वर्षीय मानबहादुर तिरुवासहित ललितपुरका दुई स्थानीय युवा रहेको बुझिएको छ ।

    अभियुक्तहरूको बयान, कल डिटेल र अन्य विवरण संकलन जारी राखेर घटनाको गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार राति साढे ८ बजेतिर एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । घाइतेमध्ये लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचार मृत्यु भएको भइसकेको छ ।

    विस्फोटमा परी घाइते ललितपुर बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेकी २५ वर्षीया उरूषा मानन्धरको उपचार चलिरहेको छ । विस्फोटको जिम्मा नेकपाले लिइसकेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ