• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाले बनायो अर्को पत्रकार सङ्गठन, सबैलाई छक्क पार्दै पोखरामा देखियो यस्तो रमिता

    10.4K
    SHARES

    पोखरा संवाददाता। नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नामै जुराएर अर्को पत्रकार सङ्गठन बनाएको छ । पार्टीको प्रचारप्रसार सङ्गठन क्रान्तिकारी पत्रकार सङ्गठन हुँदैहुदैँ नेकपाले अर्को पत्रकार सङ्गठन “जन पत्रकार सङ्गठन नेपाल” बनाएको हो ।

    पोखरामा बिहीबारदेखि जारी केन्द्रिय साधारणसभामा आयोजकले नेकपानिकट क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका अध्यक्ष डिल्लीराज राउतलाइ अतिथिको आशन ग्रहण गराएलगत्तै पुनः नेकपाकै भन्दै प्रकाश डुम्रेलाइ आशन ग्रहण गराएपछि त्यहाँ उपस्थित सबै पत्रकार अचम्ममा परेका थिए ।

    नेकपाले स्याङ्जाका पत्रकार प्रकाश डुम्रेको नेतृत्वमा नयाँ पत्रकार सङ्गठन बनाएको हो । माओवादी शन्तीप्रक्रियामा आएपछि पार्टीमा लागेका डुम्रेको नेतृत्वमा बनेको सङ्गठनका महासचिव भने थाहा संचारका हिम बिष्ट रहेका छन । उनी पनि माओवादी शान्ती प्रक्रियामा आएको लामोसमयपछै मात्र पार्टीमा जोडिएका हुन ।

    सङ्गठन नबन्दै १०/१० जनाभित्र पनि २ गुट

    देशभर करिब १०/११ जना मात्र पत्रकार रहेको उक्त संगठनमा उपाध्यक्ष भने चयन गरिएको छैन। सङ्गठनमा १० /११ जना मात्रै भएपनि उपाध्यक्ष पदका लागि भने हानथाप ठुलै भएको बुझिएको छ । उपाध्यक्षमा पोखराका पत्रकार ओम हमाल र काठमाडौंका राजेन्द्र चिमौरियाले चाहाना राखेपछि बिबाद उत्पन्न भएको स्रोतले बतायो । उनीहरु दुई जना अगाडि आएपछि पुर्वका आलोक लिम्बू र काठमाडौंकै मानध्वज लामाले आफुहरु सिनिएर भएको दाबी गरेपछि बिबाद उत्पन्न भएको सोहि सङ्गठनका एक सदस्यले संचारकेन्द्रलाई बताए।

    नाम नबताउने सर्तमा यी सदस्यले भने- ‘उपाध्यक्ष म नै बन्नुपर्छ भन्ने सबै देखिए, सङ्गठन ८/१० जनाको छ त्यसमा पनि २ गुट बनेका छन् ।’ यसअघि नेकपाको पत्रकार सङठन क्रान्तिकारी पत्रकार संगठन नेपालको गत बैशाख १५ देखि १७ सम्म नगरकोटमा सम्पन्न सम्मेलनमा तिनै प्रकाश डुम्रे नेतृत्वको गुटले लुम्बिनीबाट पत्रकारको नाममा एक हुल विद्यार्थी ल्याएर बिबाद मच्चाएपछि नेतृत्व चयन गर्न सकेको थिएन।

    त्यतिबेला सम्मेलनमा डुम्रे गुटले हलमा होहल्ला गर्ने, बिधान प्रतिबेदन पाश गर्न नदिने, नयाँ कार्यसमिति चयन गर्न नदिने, कार्यक्रम हल छोडेर बाहिर निस्किने लगायतको गतिविधि गर्दा सम्मेलनले पदाधिकारी चयन गर्न सकेको थिएन ।

    पछि तिनै प्रकाश डुम्रेले पार्टीका केही नेतहरुलाइ हातमा लिएर आफ्नै नेतृत्वमा टीम बनाउन सफल भएका थिए । पार्टीका महासचिव विप्लव भुमिगत रहेको मौकाको फाइदा उठाउदै डुम्रे गुटले पार्टीकै केही उच्च तहका नेतालाई ‘फेक रिपोर्टिङ’ गरेर सङ्गठनका अन्य जिम्मेवार र सिनियर नेताहरुहरुलाई बाइपास गर्दै आफ्नै नेतृत्वमा नया पत्रकार सङठन बनाउन सफल भएका हुन ।

    हाल नेकपामा डिल्लीराज रावतको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठन कायम छ । युद्धकालिन पत्रकार प्रभात चलाउने निवर्तमान अध्यक्ष रहेको उक्त संगठनमा अधिकाँश नेता कार्यकर्ता जनयुद्धकालिन नै छन । उक्त सङठनको उपाध्यक्षमा जाजरकोटका युद्धकालिन पत्रकार दीप बहादुर घर्ती र कालिकोटका पत्रकार जन्म्देव जैशी रहेका छन ।

    महासचिवमा अर्घाखाँचीका बाबुराम भुषाल र कोशाअध्यक्षमा हेटौंडाका तिलक अधिकारी रहेको उक्त संगठनमा एक केन्द्रिय र ८ प्रादेशिकसहित ९ जना सचीव छन । देशभर २१ वटा जिल्ला समिति रहेको उक्त संगठनका ८० जना सदस्य नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद समेत छन ।

    महासचिव विप्लवको नेतृत्वमा पार्टी बनेलगत्तै विप्लवकै निर्देशनमा तत्कालिन अध्यक्ष प्रभात चलाउनेको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठन काठमाडौं जिल्ला प्रसाशनमा दर्ता समेत गरिएको थियो। डिल्लीराज राउतको नेतृत्वमा रहेको बर्तमान केन्द्रिय समितीमा नगरकोट सम्मेलनबाट निर्वाचित ४१ जनासहित पछि थप गरी ४८ जनाको केन्द्रिय समिति छ । यता अहिले नयाँ बनेको डुम्रे नेतृत्वको संगठनमा ११ जना रहेको बुझिएको छ ।

    उनीहरुलाई नेकपाभित्र पार्टी प्रबक्ता प्रकान्डले साथ दिएको र बिभिन्न काण्ड मच्चाउदा पनि संरक्षण गरेको भन्ने आरोप नेकपाकै नेता कार्यकर्ताहरुले गलाएका छन् । स्रोतका अनुसार तिनै प्रकान्डको योजनाअनुसार नै पार्टीको पुरानो सङ्गठनलाइ पाखा लगाएर भएपनि डुम्रे नेतृत्वमा अर्को सङ्गठन बनाउन पहल सुरु भएको थियो । डुम्रे टीमले १ हप्ताअघि मात्रै ‘जन पत्रकार सङ्गठन नेपाल’ नामक सङ्गठन काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेकाे ति सदस्यले बताए ।

    दुइवटै सङ्गठन नै अस्तित्वमा आएपछि नेकपानिकपा निकट पत्रकार सङ्गठनभित्रको बिबाद सडकमै छताछुल्ल भएको छ । यस्तै केहिदिन अघि मात्रै डुम्रेले नेकपाको मुखपत्र रातोखबरको नाममा फेक फेसबुक एकाउन्ट बनाएर नेकपाकै जिम्मेवार नेताहरुलाई तथानाम भनेको रहस्य संचारकेन्द्रले बाहिर ल्याएको थियो ।

    क्रान्तिकारी पत्रकार र केहि नेताहरुको चरित्र हत्या गर्न डुम्रेले लगाएको फेक एकाउन्टको जुक्ति

    फागुन १ गते बुधबार देशभर नेकपाले २४औं जनयुद्ध दिवश मनाइरहेका बेला डुम्रे भने पार्टीको मुखपत्र रातो खबर साप्ताहिकको नाममा बनाइएको फेक फेसबुक एकाउन्टमार्फत जनयुद्ध दिबश मनाईरहेका नेता-कार्यकर्तालाई गाली गर्नमा ब्यस्त थिए । उनले उक्त फेक एकाउन्टबाट काठमाडौँमा रहेको रेडियो मिर्मिरेले आयोजना गरेको शुभकामना आदानप्रदान गरिरहेका पार्टीका नेता कार्यकर्ताको फेसबुकमा पूर्वाग्रही र धम्कीको भाषामा गालीगलौज गरेका थिए ।

    उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनी प्रमुख अतिथी रहेका थिए । रातो खबरको निर्देशक समेत रहेका लोहनीलाई रेडियोले प्रमुख अतिथी बनाएर कार्यक्रममा बोलाएको आफुलाई खबर नभएको भन्दै डुम्रेले आयोजकलाई विभिन्‍न आरोप लगाउँदै समाजिक संजालमा तथानाम गाली गरेका थिए । कार्यक्रममा पार्टी निकट पत्रकारहरु सहभागी थिए ।

    रेडियोले जनयुद्ध दिवश मनाएर सकेपछि क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त शर्माले फेसबुकमा कार्यक्रमका तस्बिरहरु पोस्ट गरेपछि डुम्रेले उक्त फेक आईडीबाट रेडियोका प्रबन्ध निर्देशकले गल्ती गरेको भन्दै धम्कीको भाषामा कमेन्ट गरेका थिए । उनले ‘कार्यक्रममा बोलाउन पर्नेलाई नबोलाउने, असमन्धित मान्छेलाई बोलाएर नभएको विवाद मच्चाउने खोज्ने तपाईँ एकपटक गहिरोगरी सोच्नुस खम्बु कमरेड’ भन्दै धम्कीको भषामा रातो खबरको आइडीबाट कमेन्ट गरेका थिए ।

    डुम्रेले पार्टीकै केन्द्रीय सदस्य तथा मुखपत्र रातो खबरका निर्देशक नै प्रमुख अतिथी भएको कार्यक्रममा ‘बिधि, पद्धति बिपरित बन्द कोठामा अराजक मान्छेहरुलाई जुटाएर तपाईँले के गर्न खोजेको ? यो पो गम्भीर बिषय भयो’ भन्दै धम्कीको भाषा प्रयोग गरेका छन् । उनले कमेन्टमा आफै पार्टीकै मुख्य नेता नै भएझैँ गरी रेडियोका निर्देशकमाथि ‘समन्धित मान्छेलाई खबर छैन, असमन्धित मान्छेलाई बोलाएर जुन प्रपञ्च रच्दै हुनुहुन्छ त्यो बिषय गम्भीर छ समिक्षा होला, हुन्छ र भएको छ’ भन्दै सार्वजनिकरुपमा गालीगलौजकै शैली अपनाएका छन् ।

    कार्यक्रमा प्रमुख अथिति लोहनी माओवादी आन्दोलनका बौद्धिक तथा पूराना नेता हुन् भने रेडियोका प्रबन्ध निर्देशक खम्बु चन्द र कार्यक्रममा सहभागी नेता-कार्यकर्ता तथा रेडियोमा कार्यरत सबै जनयुद्धकालिन पुराना पत्रकारहरु सहभागी थिए ।

    यस्तै पत्रकार डुम्रेले माओवादी जनयुद्धमा युद्ध पत्रिकारिता गर्दै स्थापित भएका नेकपा निकट पत्रकार दिपेन्द्र रावलको स्टाटसमा समेत रातो खबरको फेक एकाउन्टबाट कमेन्ट गरेका छन् । पत्रकार रावलले कैलालीकी पत्रकार उन्नती चौधरीलाई नयाँ जिम्मेवारी पाएकोमा बधाई भनेर स्टाटस पोस्ट गरेका थिए । उक्त पोस्टमा बिनाप्रशंग डुम्रेले उन्नती आत्मालोचनासहित थारु मोर्चाको कैलाली जिल्ला सचिव चयन भएको लेखेका थिए । जबकी लामो समयदेखि थारु अधिकारको लागि कमल चलाउँदै आएकी चौधरीलाई मोर्चाको जिल्ला सम्मेलनले जिम्मेवारी दिएको हो ।

    यसरी पार्टीकै मुखपत्र रातो खबरकै नाममा फेक फेसबुक एकाउन्ट बनाएर आफ्नै पार्टीका पुराना नेता कार्यकर्तामाथि पूर्वाग्रही ढंगले सार्वजनिकरुपमा अपमानजनक तरिकाले कमेन्ट गरिरहेका डुम्रे भने माओवादीले जनमुक्तिसेनालाई शिबिरमा राखेपछि भर्ना गरिएका नयाँ कार्यकर्ता हुन् ।

    डुम्रेले न जनयुद्धमा आफै सहभागी भएर दुःख कष्ट गर्ने अवसर पाए, न उनले घरमै बसेर माओवादी आन्दोलनमा लगानी गर्न भ्याए । तर जसलाई उनले अहिले यसरी तल्लोस्तरको अपमानजनक ब्यबहार गरिरहेका छन्, उनीहरु जनयुद्ध लडिरहेका बेला उमेरले किशोर अबस्था पनि पार नगरेका डुम्रेलाई पार्टीले साधारण सदस्यता दिएपछि २०६६ पछि मात्र उनले स्याङ्गजाबाट पत्रकारिता सुरु गरेका हुन् ।

    रातो खबरको नाममा रुपान्तरण गरेको फेक एकाउन्ट यसअघि आफैले बुटवलबाट प्रकाशित गरेको साप्ताहिक पत्रिका गर्जन पोस्टको आफिसिएल अनलाइन एन खबरको समाचार सेयर गर्ने गरेको भेटिएपछी तथ्य छर्लङ्ग भएको हो ।

    उक्त फेसबुक एकाउन्टमा न्यूज शेयर गरिएको एनखबर एकवर्ष पहिले डुम्रेले सन्चालन गर्दै आइरहेका थिए । उनको पत्रिका गर्जन पोस्टको मास्टरहेडमै एनखबरको युआरएल राखिएको छ । फेसबुक-गूगल लगायतका सर्च इन्जिनहरुमा प्रकाश डुम्रे आफैले पनि एनखबरका समाचारहरु सेयर गरेको भेटिएको छ ।

    यसअघि पनि डुम्रेमाथि पत्रकार संगठनमा बिना कारण विवाद पैदा गर्न विभिन्न व्यक्ति र संगठनका नाममा फेक आइडी प्रयोग गर्दै नेता-कार्यकर्तालाई तथानाम गालीगलौज गर्ने र सार्वजनिकरुपमा अनावश्यक आरोपप्रत्यारोप लगाउने गरेको आरोप छ ।

    उक्त फेक फेसबुक एकाउन्ट मे १३, २०१७ मा खोलिएको देखिएको छ । त्यसपछि अगस्ट २८, २०१७ मा गर्जन पोस्टले तत्कालिन बेला सन्चालन गरेको एनखबरको लोगो कभर र प्रोफाइल तस्बिर राखिएको छ । त्यहि दिनदेखि नै उनले उक्त एकाउन्टमार्फत एनखबरको समाचारहरु शेयर गर्ने गरेको देखिन्छ ।

    करिब १० महिना अगाडिदेखि अपडेट नदेखिएको उक्त फेक एकाउन्टको नाम एक हप्ताअघि मात्रै अर्थात फेब्ररी ९ तारिख मध्यराति १ बजेर ५९ मिनेटमा परिवर्तन गरी रातो खबर बनाइएको देखिन्छ । राति नै उक्त एकाउन्टको कभर र प्रोफाइलमा रातो खबरको लोगो तथा फोटो राखिएको छ । त्यसरी राति नै लगातार ३ वटा रातो खबरको न्यूज सेयर गरेर उक्त एकाउन्ट रातो खबरकै हो भन्ने भ्रम दिन खोजिएको छ ।

    रातो खबरको फेसबुकबाट विभिन्न कमेन्टहरु सार्वजनिक भएपछि रातोखबर प्रकाश गृहले अनुसन्धान सुरु गरेको छ । रातो खबर प्रकाशन गृहले आधिकारिक फेसबुकबाट आफ्नो टीमले त्यस्ता कमेन्ट नगरेको बताउँदै उक्त आईडी फेक भएको बताएको छ ।  फेक आईडी बनाएर पार्टी निकट पत्रकार र नेता-कार्यकर्ताविरुद्ध जथाभावी लेख्ने कुरा गम्भीर भएको भन्दै रातोखबर प्रकाश गृहको शुक्रबार आपत्कालिन बैठक बसेको छ ।

    रातो खबर प्रकाशनगृहको कार्यालय बागबजारमा शुक्रबार बसेको बैठकले रातो खबरसँग मिल्ने खालका गलत आईडी प्रयोग गरिएको पाइएको भन्दै यस्तो हर्कत नगर्न सम्बन्धित व्यक्ति÷समूहलाई चेतावनी दिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ