• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    सञ्चारकर्मीकाे गाँस खाेस्ने षड्यन्त्र बन्द गर- क्रान्तिकारी पत्रकार संगठन

    10K
    SHARES

    काठमाडौं ।  पत्रकार/सञ्चारकर्मीलाई अलग-अलग पारेर शाेषण गर्ने सपना नदेख्न मालिकहरुलाई क्रान्तिकारी पत्रकार संगठन, नेपालले चेतावनी दिएकाे छ । संगठनका अध्यक्ष डिल्लीराज रावतले मंगलबार एक बिज्ञप्ति जारी गर्दै न्युनतम पारिश्रमिक बृद्धि सम्बन्धी सर्वाेच्च अदालतबाट भएको अन्तरिम आदेशप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

    सरकारले श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको २५ प्रतिशत न्युनतम पारिश्रमिक बृद्धि गरेपनि मिडिया मालिकहरुले त्यसअनुसार पारिश्रमिक नदिने चेतावनी दिंदै शक्ति प्रयोग गरिदिने धम्की दिएका बेला सर्वोच्चबाट पनि लागु नगर्न भनि आदेश आएपछि संगठनले विरोध जनाएको हो ।

    संगठनका अध्यक्ष रावतले हस्तक्षर गरेको विज्ञप्तीमा ठुलो संघर्ष र दवावबाट पारिश्रमिक वृद्धि भएको भन्दै लागु गर्ने अभियान थाल्ने जनाइएको छ । विज्ञप्तीमा भनिएको छ –’संचार माध्याममा श्रमिकलाई काम भन्दा तलव कम कसरी दिन सकिन्छ भन्ने मानसिकता मालिकहरुले विगतदेखि नै षडयन्त्र गर्दै आएका छन । एउटै संचार गृहमा २ ऐन लागु गर्ने षडयन्त्र त्यसकै एउटा रुप हो ।’

    एउटै सञ्चारगृहमा काम गर्ने श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई फुटाउने र न्युनतम पारिश्रमिक पनि नदिने सञ्चारमालिकहरुको चाहनालाई बल पुग्ने गरी सर्वोच्च अदालतबाट लागु नगर्नु भनि आदेश दिनु अत्यन्त दुःखत भएको विज्ञप्तीमा उल्लेख छ ।

    ‘एउटै सञ्चारगृह(कम्पनी)मा काम गर्ने श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई फुटाउने र न्युनतम पारिश्रमिक पनि नदिने सञ्चारमालिकहरुको चाहनालाई बल पुग्ने गरी सर्वोच्च अदालतबाट अहिले लागु नगर्नु भनि आदेश दिनु सम्पूर्ण श्रमजीवी सञ्चारकर्मीहरुका लागि अत्यन्त दुःखत छ ।’ विज्ञप्तीमा भनिएको छ – ‘एउटा मिडियामा के कती कस्तो खालको जनशक्ती चाहिन्छ भन्ने कुरा बुझ्नुपर्छ । मजदुर कर्मचारी र पत्रकारलाई टुक्रा पारेर अलग बनाएर संचार गृह चलाउन सकिदैन ।’

    संचारकर्मी बीचको एकता र सम्बन्धलाई खल्बल्याएर श्रमशोषण गर्ने मालिकहरुको योजना कुनै हालतमा पनि सफल हुन नदिने र त्यसका विरुद्ध संगठन संघर्षमा उत्रने समेत क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले चेतावनी दिएको छ । आफुहरुले त्यसका लागि कानुनी बाटोका साथै शान्तिपूर्ण आन्दोलनका सबै बिकल्पमा जाने भन्दै उक्त सङ्गठनले आवश्यक साथ समर्थन र सहयोगका लागि सम्पूर्ण श्रमजीवी पत्रकार–सञ्चारकर्मी÷कर्मचारीहरुलाई अपिल गरिएको छ ।

    हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ

    प्रेस–विज्ञप्ति
    क्रान्तिकारी पत्रकार संगठन, नेपाल
    केन्द्रीय समिति
    मिति ः २०७५÷१०÷२२

    हालै मात्र सरकारले श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको २५ प्रतिशत न्युनतम पारिश्रमिक बृद्धि गरेपनि मिडिया मालिकहरुले त्यसलाई नदिने चेतावनी दिंदै शक्ति प्रयोग गरिदिने धम्की दिइरहेकै बेला एकाएक सर्वाेच्च अदालतबाट लागु नगर्न भनि भएको अन्तरिम आदेशले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    मुख्यतः हाम्रो संगठन र नेपाल पत्रकार महासंघ लगायतको ठुलो संघर्ष र दवावबाट भनेजति नभएपनि २५ प्रतिशत न्युनतम पारिश्रमिक बृद्धि गर्न सरकार बाध्य भएको थियो । अहिले यसलाई लागु गर्न अभियान थाल्ने र बाँकी थप बृद्धिका लागि पनि माग जारी राख्ने नीति अनुरुप हाम्रो संगठनले लगभग सबै सञ्चारगृहमा ज्ञापनपत्र बुझाउने काम सम्पन्न पनि गरिसकेको थियो ।

    संचार माध्याममा श्रमिकलाई काम भन्दा तलव कम कसरी दिन सकिन्छ भन्ने मानसिकता मालिकहरुले विगतदेखि नै षडयन्त्र गर्दै आएका छन । एउटै संचार गृहमा २ ऐन लागु गर्ने षडयन्त्र त्यसकै एउटा रुप हो । एउटै सञ्चारगृह(कम्पनी)मा काम गर्ने श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई फुटाउने र न्युनतम पारिश्रमिक पनि नदिने सञ्चारमालिकहरुको चाहनालाई बल पुग्ने गरी सर्वोच्च अदालतबाट अहिले लागु नगर्नु भनि आदेश दिनु सम्पूर्ण श्रमजीवी सञ्चारकर्मीहरुका लागि अत्यन्त दुःखत छ । एउटा मिडियामा के कती कस्तो खालको जनशक्ती चाहिन्छ भन्ने कुरा बुझ्नुपर्छ । मजदुर कर्मचारी र पत्रकारलाई टुक्रा पारेर अलग बनाएर संचार गृह चलाउन सकिदैन ।

    अतः मिडियाकर्मी (पत्रकार–सञ्चारकर्मी–कर्मचारी)बीचको एकता र सम्बन्धलाई खल्बल्याएर श्रमशोषण गर्ने मालिकहरुको उक्त योजना कुनै हालतमा पनि सफल हुन नदिने र त्यसका विरुद्ध हाम्रो संगठन कडा संघर्षमा उत्रन बाध्य हुने प्रतिवद्धता व्यक्त गर्दछ । साथै त्यसका लागि कानुनी बाटो र शान्तिपूर्ण आन्दोलनका सबै बिकल्पमा जान हाम्रो संगठन तयार छ । हाम्रो यो खवरदारीमा साथ समर्थन र सहयोगका लागि सम्पूर्ण श्रमजीवी पत्रकार–सञ्चारकमी÷कर्मचारीहरुलाई हार्दिक अपिल पनि गर्दछौं ।
    . ……………………….
    डिल्लीराज रावत
    अध्यक्ष

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ