• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    पत्रकार केन्द्र प्रकाश गिरफ्तार, तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार सङ्गठनको चेतावनी

    8.4K
    SHARES

    काठमाडौं । पत्रकार केन्द्र प्रकाश पिबिलाई  प्रहरीले गिरफ्तार गरेको छ । उनलाई बिहीबार साँझ रोल्पाको सुलीचौरबाट बिना कारण गिरफ्तार गरिएको क्रन्तिकारी पत्रकार सङ्गठन, नेपालले जनाएको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्रन्तिकारी पत्रकार सङ्गठन, नेपालका महासचिव बाबुराम भुषालले सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका माडीखबर साप्ताहिकका पत्रकार पिबिलाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएका छन् ।

    पत्रकार केन्द्र प्रकाशलाई प्रहरीले बिनाकारण पक्राउ गरेर सरकारले स्वतन्त्र पत्रकारिताप्रतिको आफ्नो उदासीनता ब्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उनको तत्काल तत्काल रिहाइका लागि माग गरेका छन् ।

    ‘सत्य तथ्य सुचनालाई कलमको माध्यमबाट जनताको बीचमा पु¥याउनु पत्रकारको कर्तव्य हो । राज्यले पत्रकारितालाई चौथो अंगको रुपमा व्याख्या गरे पनि व्यवहारमा भने ठीक उल्टो गर्दै आएको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘सही, सत्य र यथार्थ सुचना पाउने जनताको अधिकारलाई जनताको बीचमा पुर्याउने पत्रकारलाई प्रहरीले अपराधीले झै गरी पत्रकारमाथि हत्कडी लगाउनु घोर आपत्तिजनक विषय हो ।’

    पत्रकार केन्द्रप्रकाश पिविलाई तत्काल बिना शर्त रिहा नगरे कडा संघर्षमा जाने सङ्गठनले चेतावनी दिएको छ । ‘पक्राउ गरिएका पत्रकार केन्द्रप्रकाश पिविलाई तत्काल बिना शर्त रिहा गर्न क्रान्तिकारी पत्रकार संगठन, नेपाल जोडदार माग गर्दछ । अन्यथा कडा संघर्ष गर्न हामी वाध्य हुनेछौ ।’

    पिवि प्युठानबाट प्रकाशित हुने पत्रिका माडीखबर साप्ताहिकमा कार्यरत छन् । उनीमाथि यसअघि प्यूठानमा रिपोर्टिङको सिलसिलामा आक्रमण समते भएको थियो । आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट समेत लागेको थियो ।

    पिडित पत्रकार पिबीले असोज २९ गते दिउसो नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर भट्टराईले आफुमाथि भौतिक आक्रमण गरेको जानकारी संचारकेन्द्रलाई दिएका थिए ।

    उनलाई वडाध्यक्षले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृको कार्यकक्षमा नै धारीलो हतियारले हानेको बताईएको थियो । कार्यालयमा रहेका नेत्रबहादुर घर्तीलाई हतियार प्रहार गर्दा छेक्न जाने क्रममा आफुलाई भट्टराईले पछाडीबाट धारिलो हतियार खुकुरीले हानेको उनले बताएका थिए । होस् विज्ञप्ति

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ