• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    अखिल (क्रान्तिकारी)को सिटिईभिटी उपत्यका जिल्ला अध्यक्षमा प्रज्वल शाही

    10.4K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्लाको छैटौं सम्मेलन सम्पन्न भएको छ ।  शुक्रबार काठमाडौंमा सम्पन्न सम्मेलनले प्रज्वल शाहीको अध्यक्षतामा २१ सदस्स्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    जसको उपाध्यक्षमा डीबी चन्द, सचिवमा सन्तोष खड्का ,सहसचिव लक्ष्मण बिक र कोषाध्यक्षमा सन्तोष सोनी रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा प्रजित बिक, यशोदा बम, हस्त ओड, बुद्धि बिक, निरन्जन आचार्य, हिमाल बिक, भुपाल बिक, सबिन सापकाेटा, मेखराज नेपाली, नविन बिस्ट, संग्राम शाही, गगन आचार्य, पूर्ण बिक, जनक सार्की र सदन मगर रहेका छन् ।

    विविध कारणबस बिगत लामो समयदेखि हुन नसकेको सम्मेलन शुक्रबार पार्टीका केन्द्रीय सदस्य आजाद, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी लगायतका नेताहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको उक्त सङ्गठनले जनाएको छ ।

    यसैबीच सम्मेलनपछि नवनिर्वाचित अध्यक्ष शाहीले संचारकेन्द्रसँग प्रतिक्रिया दिँदै शिक्षामा भइरहेको दलालीकरण र माफियाकरविरुद्ध अभियानात्मक रुपमा छिटोभन्दा संघर्षका  कार्यक्रम ल्याउने बताए । प्राविधिक शिक्षालाई जनताका छोराछोरीहरुले पढ्न नपाउने र केही मुठिभर हुनेखानेका छोराछोरीलाई मात्रै पढाउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध आफुहरु शशक्तरुपमा उत्रिने अध्यक्ष शाहीले बताए ।

    प्राविधिक शिक्षालाई सबैको पहुँचमा पुर्याउने उदेश्यसहित संघर्ष गरिरहेको अखिल क्रान्तिकारी र सिटिईभिटीबीच केही समय पहिले सम्बन्धन, छात्रवृत्ति बढाउनेलगायतका विषयमा सहमति समेत भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ