• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाले सैन्य तालिम चलाएको भन्दै गर्लिङमा नेपाली सेनाको अप्रेशन, के हो वास्तविकता ?

    7.3K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सैन्य तालिम सञ्चालन गरेको भन्दै नेपाली सेनाले मकवानपुरको एउटा गाँउमा ५ दिनदेखि अप्रेशन चलाइरहेको समाचार छ ।

    स्थानीयका अनुसार जिल्लाको राक्सीराङ गाभा वडा नं ७ गर्लिङमा ज्वाई भनेर चिनिने धावा सिहँ सिन्ताङको घर क्षेत्रमा मङ्सिर ९ गतेदेखि नेपाली सेना बसिरहेको छ । सेनाले भेटेजतिका स्थानीयहरुलाई यो क्षेत्रमा विप्लवको सैन्य गतिविधि केही छ कि ? भनेर सोधपुछ गर्नुका साथै तस्वीरहरु खिचिरहेको छ  ।

    यता नेकपाका एक नेताले मवानपुरमा आफ्नो पार्टीको कुनै प्रकारको सैनिक गतिविधि नभएको बताए का छन्। नेकपाले राजनैतिक अभियानलाई तीब्रता दिइरहेको अवस्थामा जनतामा भ्रम छर्न यस्तो कूप्रचार गरिएको उनले बताए ।

    मंसिर ८ गते नेकपाले काठमाडौंमा हजारौंको संख्यामा नेता कार्यकर्ता र समर्थक शुभचिन्तकसहितको प्रदर्शन गरेपछि ओली सरकारले जनतासँग आत्तिएर यस्तो गतिविधि गरेको हुनसक्ने ति नेताले बताए ।

    गर्लिङ त्यसक्षेत्रमा सेनाले हप्तादिनदेखि अप्रेशन चलाएपछि स्थानीयहरु त्रसित बनेका छन् । विद्यालय जाने वालवालिका पनि सेनाको गस्ती देखेर त्रसित बनेको स्थानीयको दुखेसो छ ।

    गत ८ गते नेकपाले आफ्नो पार्टी पुनर्गठनको अवसर पारेर काठमाडौंमा बिशाल जनसभाको आयोजना गरेको थियो । उक्त कार्यक्रमको तयारीमा जुटिरहेका बेला समेत प्रहरीले नेता कार्यकर्तामाथि धरपकड गरेर बिनाकारण दुख दिएको उक्त पार्टीले जनाएको थियो ।

    तस्विर: गुगलबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ