• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाको जनस्वास्थ्यकर्मी महासंघको भेला सम्पन्न, अध्यक्षमा प्रमोद योगी, यस्ता छन् अन्य निर्णयहरु

    10.5K
    SHARES



    काठमाडौं । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको भेला सम्पन्न भएको छ। भेलाले प्रमोद योगी ‘चिरन्जीवी’ को नेतृत्वमा ३१ सदस्स्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    निर्वाचित सदस्यहरुमा नर बहादुर थापा, भैरब बोहोरा, रत्ना शर्मा, पिताम्बर भुर्तेल, राम कुमार श्रेष्ठ, शिला गैरे, लोकेश जोशी, योगेन्द्र यादव, कैलाश लामा, अम्बिका पाठक, बिनोद रावल, भिम लामा, भरत खत्री, फुलमाया चौधरी, डा. अशोक श्रेष्ठ,  युगेश्वर शर्मा रहेका छन् ।

    यस्तै जयराम रायमाझी, गोबिन्द सापकोटा, बिनोद साउद, रामानन्द देबकोटा, कौशल सुबेदी, अमर केसी, टंक शिवाकोटी, सपना लामिछाने, नबिन बस्नेत, पूर्ण अली, सुशीला गैरे रहेका छन् । भेलाले बाँकी ३ सदस्य पछी थप गर्ने निर्णय गरेको छ ।

    नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट उक्त महासंघको भेला पार्टीका पोलिटब्युरो सदस्य तथा फ्याक्सन इन्चार्ज मोहन कार्की ‘जीवन्त’को प्रमुख आथित्यतामा शंखमूलस्थित फुट गार्डेनमा सम्पन्न भएको हो ।

    भेलाद्वारा सर्वसम्मत निर्वाचित योगी जनयुद्धकालिन अवस्थामा तत्कालिन जनमूक्ति सेनाको स्वास्थ्य विभागमा रहेर लामो समय काम गरेका स्वास्थ्यकर्मी हुन् । अध्यक्ष योगी जनयुद्धका सहिद बिश्वनाथ योगीका कान्छा भाई हुन् । शहिद बिश्वनाथ भेरी कर्णाली मुक्तिमोर्चाका पहिलो अध्यक्ष समेत थिए ।

    अध्यक्ष योगीको पुरै परिवार जनयुद्धमा पूर्णकालीन भएर पार्टीमा सक्रिय थियो भने, स्वास्थ्य मोर्चामा रहेर सक्रियताका साथ् आफ्नो जिम्मेवारी पुरा गर्दै आएका उनलाई माओवादी आन्दोलनको एक इमान्दार सिपाहीका रुपमा चिन्ने गरिन्छ।

    महासंघले २०७१ फागुन ११ मा पहिलो भेला सम्पन्न गरेर डम्बर रावलको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरेको थियो । नव निर्वाचित अध्यक्ष योगी अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए ।

    यस्तै सम्पन्न भेलाले निर्वाचित कार्य समितिको प्रथम बैठक बसेर पदाधिकारी फुलफिल गर्ने निर्णय गरेको छ । अध्यक्ष योगीले सञ्चार केन्द्रसँग कुरा गर्दै तत्काल कार्यसमितिको बैठक बसेर पदाधिकारी चयनलगायत आगामी योजनाबारे थप निर्णय गर्ने बताएका छन् ।

    भेलाको बन्द सत्रले नयाँ कार्य समिति चयन गरेपछि नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै निवर्तमान अध्यक्ष डम्बर रावलले भेला समापन भएको घोषणा गरेका थिए ।

    भेलाले नेपालमा रहेका सबै पेशागत संगठनहरुलाई महासंघमा आबद्ध हुन् अपिल गर्ने, नया तथा बैज्ञानिक खालको अनुसन्धान गर्ने र पार्टीको उच्च नेतृत्वले योजना दिदा संगठन परिचालन गर्ने निर्णय गरेको छ ।

    स्वास्थ्यमा भएको भ्रष्ट्राचार, दलाल माफियाहरुको लिस्ट तयार पार्ने र सार्वजनिक गरी भण्डाफोर गर्ने निर्णय पनि गरेको छ । त्यस्ता दलालहरु सच्चिन तयार भएमा उनीहरुलाई सार्बजनिकरुपमा माफी माग्न लगाउने र सम्पत्ति सार्बजनिक गर्ने निर्णय गरेको छ ।

    एक्काइसौं सताब्दीको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनका लागि नेपाली नागरिकहरुले पाउनुपर्ने आधारभूत उपचार र बाच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी नीति कार्य योजना बनाएर लागु गर्ने निर्णय गरेको छ ।

    संगठनका चिकित्सक अशोक चन्द श्रेष्ठ बिरामी भएकाले उपचारका लागि आवस्यक सहयोग अभियान संचालन गर्ने, प्रत्येक कमाण्ड र ब्युरोको कार्य विभाजन गरी देशका मुख्य शहरको जिम्मा पदाधिकारीलाई दिने निर्णय भएको छ ।

    संगठनले आन्तरिक कोषको स्थापना गर्ने र संगठनको मुखपत्र नियमित प्रकाशन गर्ने, देशभर राजनीतिक तथा बैचारिक प्रशिक्षण गर्ने तथा स्वास्थ्यमा हाल रहेका बिकराल अबस्थाबारे अन्तरक्रियात्मक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।

    देशभरका सबै शिक्षण अस्पताल र केन्द्रीय अस्पतालहरुसंग समन्वय गरी जनरल स्वास्थ्य समस्या र विशेसज्ञ नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, अन्तर्राष्ट्रिय स्तरको समन्वयका लागि समिति बनाएर परिचालन गर्ने, चीन, उत्तरकोरिया, भियतनामलगायतका देशको अध्ययनका लागि अनुसन्धान टोली निर्माण गरी परिचालन गर्ने निर्णय गरिएको छ ।

    नेपाल सरकारका अस्पताल र स्वास्थ्य सँस्थानहरुमा भइरहने अनियमितता र ढिलासुस्तीको तुरुन्तै अन्त्य गरी तत्काल सेवा उपलब्ध गराउन पहल गर्न एक कार्यदल गठन गर्ने, स्वास्थ्य र सरसफाई, खानपिन र नियमित अभ्यासबारे जनचेतनाक लागि एक अपिल निर्माण गरी देशव्यापी अभियान संचालन गर्ने निर्णय गरिएको छ ।

    बार्षिक कार्यक्रम मौसमी समस्या, डुबान र बाढीपहिरो समस्या तथा भैपरी आउने बिपत्ति र महाविपत्तिका लागि रेपिट रेस्पोन्च टीम बनाएर परिचालन गर्ने, संगठनको उत्पादनका लागि नमुना स्वास्थ्य संरचना निर्माण र ब्यबस्थित परिचालन गर्ने, नेपाल सरकारसंग समन्वयका लागि रक राष्ट्रिय स्तरको ट्रेड युनियन बनाएर जाने निर्णय भएको छ ।

    अन्य सबै कार्यक्रमहरु नेपाल कम्युनिष्ट पार्टीको निर्देशन अनुसार नियमित कार्यक्रमहरुमा सक्रियतामा, क्रियाशील भएर एक ढिक्का भइ लाग्ने निर्णय गरिएको संगठनले जनाएको छ ।

    प्राप्त पछिल्लो समाचार अनुसार भेलाबाट योगी नेतृत्वमा कमिटी निर्वाचित भएपनि त्यस लगत्तै अर्को समुहले छुट्टै कमिटी बनाएको बुझिएको छ। उक्त समुहमा हाल बुद्धिजीवी संगठनको अध्यक्ष रहेका टिका कंडेल अध्यक्ष बनेको थाहा भएको छ । स्मरण रहोस कंडेल ललितपुरको हातिबनस्थित लिटिल एन्जल्स स्कुलका कर्मचारी हुन् ।

    उनले एचआईभी एड्स र टोबाको सम्बन्धि काम गर्ने एनजीओ पनि चलाउदै आएका छन् । उक्त एनजीओ एमेरिकी डोनेशनमा संचालित भएको आरोप लाग्ने गरेको छ । कंडेल त्यही कार्यक्रमका लागि पटक-पटक अमेरिका समेत जाने आउने गर्दै आएका छन् ।

    जनयुद्ध कालिन स्वास्थ्यकर्मी योगीका बिरुद्ध एनजीओकर्मी तथा शैक्षिक क्षेत्रमा ठुला माफियाका रुपमा चिनिएका उमेश श्रेष्ठका कर्मचारी कंडेललाई अध्यक्ष बनाइनुलाई नेकपा भित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ