• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाका कार्यकर्ताले गरे पत्रकारमाथि आक्रमण, क्रान्तिकारी पत्रकार संगठनद्वारा कारबाहीको माग

    7K
    SHARES



    काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन नेपालले पत्रकार लोकेन्द्र खनालमाथि भएको आक्रमणको निन्दा गरेको छ । खनाललाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेका थिए ।

    क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई छुरा प्रहार गर्ने नेकपा कार्यकर्तालाई कारबाहीको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

    क्रान्तिकारी पत्रकार संगनठन, नेपालले घटनाको घोर भत्र्सना गर्दै नेपालको संविधान २०७२ मा उल्लेखित प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने प्रावधान विपरित प्रेसमाथि दिन प्रतिदिन विभिन्न बहानामा भौतिक र पेशागत सुरक्षामाथि आक्रमण भैरहनु गम्भीर बिडम्बना भएको बताएको छ ।

    बिज्ञप्तिमा भनिएको छ- ‘ यो घटनाले राज्य जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको विषयमा उदासीन भएको तथ्यलाई पुष्टि गर्दछ । हाम्रो संगठन प्रेसमाथि हुने सवै खालका हस्तक्षेप र आक्रमणको घोर भत्र्सना गर्दछ ।’

    महासचिव भुसालले पत्रकार खनालमाथि आक्रमण गर्ने दोषीलार्ई कडा भन्दा कडा कारबाही गर्न र घाईते पत्रकार लोकेन्द्र खनालको निशुल्क उपचार गर्न माग गरेका छन् ।

    रुकुम पश्चिम वाफिकोट ६ मग्माका प्रेस युनियनका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसहित १२ जनालाई सत्तारुढ नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । घटनापछी नेपाल प्रेस युनियन लगायतका पत्रकार संघ संगठनले पनि आपत्ती जनाएका छन् ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ