• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    अनावश्यक भ्रम फैलाएर शाहको चरित्र हत्या गर्ने समूहलाई नेकपाले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

    19.4K
    SHARES


    काठमाडौं ।

    स्वतन्त्ररुपमा गरिएको टिप्पणीको बिषयलाई अतिरन्जित पारेर आफ्ना जिल्ला नेताको चरित्र हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा गरिएको स्वतन्त्र टिप्पणीको बिषयलाई ताेडमाेड पारेर एक अराजक समूहले नेकपा कंचनपुरका कार्यालय सचिव बिरेन्द्र शाहलाई तथानाम गालीगलौज गरेको भन्दै आपत्ति जनाएको हो ।

    मंगलबार नेकपा कंचनपुरका जिल्ला सचिव परिवर्तनले एक विज्ञप्ति जारी गर्दै विचारमा बहस र प्रतिस्पर्धा गर्न नसक्ने विकृत मानसिकता भएका मान्छेहरुले सत्यतथ्य नै नबुझि नेता शाहको चरित्र हत्या हुने गरी सामाजिक सञ्जाल फेसबुकमा झुटो र भ्रामक प्रचारवाजी गरेको भन्दै घटनाको निन्दा एवं भ्रत्सर्ना गरेका छन् ।

    साथै झुटो प्रचारवाजी र अश्लील गालीगलौजमा उत्रिने अराजक समूह, व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन उनले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन् । प्रविधिको दुरुपयोग गरेर यस्तो अराजक गतिविधिमा नलाग्न र नलगाउन समेत नेकपाको चेतावनी छ ।

    ‘केहि विचारमा बहस र प्रतिस्पर्धा गर्न नसक्ने विकृत मानसिकता भएका मान्छेहरुले सत्यतथ्य नबुझि उहाँको चरित्र हत्या हुने गरी झुटो र भ्रामक प्रचारवाजी गरिरहेका छन् ।’ सचिव परिवर्तनद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएकाे छ -‘यो घटनाको हाम्रो पार्टी घोर भर्त्सना र निन्दा गर्दछ । साथी झुटो प्रचार गर्नेमाथि आवश्यक कार्वाहीका लागि सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

    परी माया (Pari Maya) नामक फेक फेसबुक एकाउन्टबाट ‘सिधा कुरा जनतासँग (समर्थक)’ पब्लिक ग्रुपमा  शाहको तस्वीरसहित अश्लील गालीगलौज गरेर पोस्ट भएपछि नेकपाका कार्यकर्ताहरुले त्यसको चौतर्फी बिरोध र भण्डाफोर गरिरहेका छन् ।

    खासगरी शाहले गत अक्टोबर १३ मा आफ्नो पार्टीको नाम जोडेर केहि पत्रकारले झुटो भ्रामक समाचार सम्प्रेषण गरेर सिङ्गो पार्टीलाई नै बदनाम गराउन खोजेको आशयसहित आफ्नो फेसबुकमा स्वतन्त्र विश्लेषण गरेका थिए । तर त्यहि विश्लेषणलाई बंग्याएर केहि अराजक व्यक्तिहरुले ‘सिधा कुरा जनतासँग’ समर्थक ग्रुपमा शाहलाई तथानाम गालीगलौज गरेपछि नेकपाले आपत्ति जनाएको हो ।

    विशेषगरी न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रबी लामिछानेका केहि समर्थकहरुले फेसबुक ग्रुप बनाएर जिउदै मान्छेलाई श्रद्धाञ्जली दिने, अश्लील गालीगलौज गर्ने र अराजकता मच्चाउन थालेपछि केहि समयअघि मात्रै त्यस्तो आपराधिक गतिविधिमा संग्लन २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    त्यतिबेला रबी लामिछाने स्वयम् आफ्ना अराजक फ्यानहरुको रिहाइका लागि प्रहरीसमक्ष कुरा गर्ने भन्दै टेकु समेत पुगेका थिए ।

    यस्तो अराजक समूहले शाहको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा फैलाएको भ्रम र गरेको अश्लील गालीगलौज

    २०७५ असोज ३० मा प्रकाशित ।



    प्रतिक्रिया