• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा रावत र महासचिवमा भुसाल, केन्द्रीय सदस्यहरुको नामसहित

    19.4K
    SHARES



    क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत निर्वाचत भएका छन् । बिहीबार काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    बैठकले अन्य पदाधिकारीहरु पनि निर्वाचित गरेको छ । बैठकबाट निर्वाचित भएका सबै पत्रकारहरु सक्रिय पत्रकारहरु छन । साथै प्राय सबै जना नेपाल पत्रकार महासंघका विभिन्न संरचनामा काम गरिसकेका पत्रकार छन् ।

    बैशाख १५, १६ र १७ गते सम्पन्न भएको सो संगठनको तेस्रो राष्टिय सम्मेलनमा आन्तरिक र बाह्य अप्ठ्यारोका कारण पदाधिकारी चयन नगरिएको र पाँच महिनापछि पहिलो बैठक बसेर पदाधिकारी चयन गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिमा नगरकोटमा सम्पन्न राष्टिय सम्मेलनले पारित गरेको विधान वमोजिम प्रादेशिक संरचनामा संगठन निर्माण गरिएको बताइएको छ ।

    बैठकले उपाध्यक्षमा दिपबहादुर घर्ती र जन्मदेव जैसीलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा बाबुराम भुषाल र सचिवमा बैकुण्ठ गिरी, उन्नति चौधरी, जीवन हमाल, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राजकपुर महर्जन, मिशन थापालाई निर्वाचित गरेको छ ।

    त्यस्तै संगठनको कोषाध्यक्षमा तिलक अधिकारी निर्वाचित भएका छन् । काठमांडौको अनामनगरमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकबाट निर्वाचित पदाधिकारी र केन्द्रीय समितिमा रहेकाहरु सबै सक्रिय पत्रकार हुन् ।

    बैठकबाट अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डिल्लीराज रावत रेडियो तल्हका सल्यानका स्टेशन मेनेजर तथा तहल्का डटकम अनलाईनका सम्पादक समेत हुन् । उनी नेपाल पत्रकार महासंघ सल्यानमा दुई कार्यकाल कार्यसमितिमा सहसचिवसम्मको जिम्मेवारीमा रहेर काम गर्नुका साथै हाल केन्द्रीय पार्षद पनि छन् ।

    त्यस्तै उपाध्यक्ष दिपबहादुर घर्ती डिजिटल सञ्चार डटकम अनलाइनका प्रधान सम्पादक हुन । उनी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका वर्तमान कोषाध्यक्ष तथा पर्यटन पत्रका संघका केन्द्रीय सचिव समेत हुन् ।

    त्यसैगरी अर्का उपाध्यक्ष जन्मदेव जैसी नेपाल पत्रकार महासंघको वर्तमान केन्द्रीय सदस्य हुन् । राजधानी दैनिकमा लामो समय काम गरेका उनी हाल ननस्टपखबर डटकम अनलाईनका कार्यकारी सम्पादक छन् ।

    त्यसैगरी महासचिवमा निर्वाचित भएका बाबुराम भुषाल टिभी टुडेमा प्रसिद्ध कार्यक्रम कुरा खस्रा मिठाका प्रस्तोता, रेडियो मिर्मिरेमा मिर्मिरे डिस्कोर्स कार्यक्रमका प्रस्तोता, जनमुक्ति खबर डटकम अनलाइनका प्रधान सम्पादक समेत हुन् । उनी नेपाल पत्रकार महासंघकाे सदस्य हुन ।

    त्यसैगरी सचिवमा निर्वाचित भएका बैकुण्ठ गिरी सूचना केन्द्र डटकमका प्रधानसम्पादक र नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुन् । अर्की सचिव उन्नति चौधरी मुक्तिकडगर डटकम अनलाइनकी कार्यकारी सम्पादक हुन् ।

    त्यस्तै सचिव जीवन हमाल संकल्प यात्रा मासिकका प्रधानसम्पादक तथा संकल्प न्युज डटकम अनलाइनका सम्पादक हुन भने सचिव रुपेन्द्र ऐडी कर्णाली सञ्चार डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् । उनले लामो समय राष्ट्रिय समाचार समितिमा काम गारिसकेका छन् ।

    सचिव राजेन्द्र अधिकारी पोखराबाट प्रकाशित हुने चर्चित डन न्यूज राष्ट्रिय दैनिकका सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष तथा वर्तमान केन्द्रीय पार्षद हुन् ।

    सचिव राजकपुर महर्जन रेडियो मिर्मिरेमा स्थापना कालदेखि नै कार्यरत छन उनी पनि नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् भने सचिव मिशन थापा टेलिभिजन पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा थुप्रै टेलिभिजनमा काम गरिसकेका स्थापित सक्रिय पत्रकार हुन् ।

    यस्तै संगठनका कोषाध्यक्ष तिलक अधिकारी हेटौडाबाट प्रकाशित क बर्गको पत्रिका जनता जिन्दावादका प्रधान सम्पादक तथा भूगोल न्युज डटकमका प्रकाशक हुन् ।

    पदाधिकारी नामावली

    १. डिल्लीराज रावत अध्यक्ष
    २. दिपबहादुर घर्ती (उपाध्यक्ष)
    ३.जन्मदेव जैसी (उपाध्यक्ष)
    ४. बाबुराम भुसाल (महासचिव)
    ५. जीवन हमाल (सचिव)
    ६. बैकुण्ठ गिरी (सचिव)
    ७. उन्नती चौधरी (सचिव)
    ८. रूपेन्द्र ऐडी (सचिव)
    ९. राजेन्द्र अधिकारी (सचिव)
    १०. राजकुमार मर्हजन (सचिव)
    ११. तिलक अधिकारी (कोषाध्यक्ष)

    केन्द्रीय सदस्यको नामावली

    कमल बुढा, भौतिक मल्ल, निलम आरसी, साहस भट्ट, केशब न्यौपाने, धनन्जय बुढा, गणेश रोका, होमनाथ न्यौपाने, शुदिप बर्देवा, दिया चन्द, राजु बोहरा, उमाकान्त शर्मा, करन बडाल, शैलेस डंगोल, सुरज प्याकुरेल, केशब भुल, सोभराज बराल, रुपा गुरुङ, तीर्थराज बोहरा, गोबिन्द विश्कर्मा, राज सापकोटा, सन्ताेष कुमार गुप्ता, नवराज न्यौपाने, केन्द्र प्रकाश पिवी, निर्मला थापा, प्रकाश आचार्य, सविता नेपाली, भरत नेपाली, जंग रेउले, विदुर एमसी, रुपक कुलाल, श्रीराम वाग्ले र हरिकृष्ण न्यौपाने रहेका छन् ।

    यस्तै केन्द्रिय अधिकांस केन्द्रिय सदस्यहरु पनि हाल सक्रिय पत्रकारितामै रहेका छन् । सबै जना कुनै न कुनै मिडिया हाउसमा कार्यरत छन् भने केहि विभिन्न मिडियाका सम्पादक रहेका छन् ।

    कुन-कुन मिडिया र पत्रकार महासंघका कुन-कुन जिम्मेवारीमा छन् केन्द्रिय सदस्यहरु

    केन्द्रिय सदस्यहरु बुढा इमान्दा मिडिया प्रालिका अध्यक्ष नेपाल पत्रकार महासंघ केन्द्रिय पार्सद, मल्ल हिमालय टेलिभिजनमा कार्यरत केन्द्रिय पार्सद, जनयुद्धकालिन रेडियोको स्टेशन म्यानेजर हुदै जनपक्षीय पत्रकारिता गरेका निलम आरसी हाल लालकिल्ला साप्ताहिकका प्रकाशक सम्पादक छन्  । साहाश भट्ट रेडियो मिर्मिरेमा कार्यरत छन् । केशब न्यौपाने गोरखापत्र सस्थानमा कार्यरत महासंघ केन्द्रिय पार्सद छन् ।

    धनन्जय बुढा अनलाइन डबलीका सम्पादक हुन् । गणेश रोका हिन्द पोस्टमा कार्यकारी सम्पादक तथा केन्द्रिय पार्सद छन् । होमनाथ न्यौपाने महानगर पोस्ट सम्पादक तथा प्रदेश पार्सद हुन् । २ दशक पहिलादेखि पत्रकारिता गरेका प्रकाश आचार्य राजधानी आस्था चितवनमा कार्यरत, महासंघ चितवनमा सदस्य छन् ।

    सुदिप बर्देवा रेडियो मिर्मिरेमा कार्यरत नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश पार्सद हुन् । यस्तै राजु बोहोरा नेपाल पत्रकार मिर्मिरे प्रतिष्ठानका अध्यक्ष हुन् । दिया चन्द संचार केन्द्र सम्पादक, उमाकान्त शर्मा नमस्ते पोस्ट सम्पादक, करण बडाल जनमुक्ति खबर सम्पादक, शैलेश डंगोल तिब्र खबर सम्पादक, सुरज प्याकुरेल अर्थसरोकार सम्पादक, केशब भुल रेडियो नेटवर्क सिआइएनमा कार्यरत, नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन शाखा सहसचिव हुन् ।

    यस्तै सोभराज बराल मोटिभेट न्युज सम्पादक,रुपा गुरूङ्ग भूगोल न्युजमा कार्यरत छन् । राज सापकोटा महासंघ मकवानपुर सदस्य माउन्टेन टिभी सम्वाददाता र लाल खबर सम्पादक छन् । तिर्थराज बोहरा डिजिटल संचारको सम्पादक पत्रकार महासंघ जाजरकोट सदस्य, गोबिन्द बिश्वकर्मा माडि खबरका सम्पादक, पत्रकार महासंघ प्युठानका सदस्य छन् ।

    यता केन्द्र प्रकाश पिवी माडिखबरको प्रधान सम्पादक तथा पत्रकार महासंघ प्युठानको सदस्य, सन्तोष कुमार गुप्ता देउखुरी टुडेको प्रधान सम्पादक, पत्रकार महासंङ दाङका सदस्य, विदुर एमसी देउखुरी टुडेको सहसम्पादक, पत्रकार महासंघ दाङका सदस्य हुन। निर्मला थापा कुशे न्युज डटकमकी सम्वादाता तथा पत्रकार महासंघ कर्णाली प्रदेश पार्षद, जंग रेउले राप्ती समाचार दाङमा कार्यरत पत्रकार हुन । हरिकृष्ण न्याै्पाने नयाँपत्रिका दैनिकको केन्द्रिय कार्यालयमा कार्यरत छन् ।

    यस्तै भरत नेपाली रोल्पाबाट पत्रकार महासंघका केन्द्रिय पार्षद तथा विभिन्न संचारमाध्याममा लामो समयदेखि काम गर्दै अाएका पत्रकार हुन् । रुपक कुलाल हाल जनता टेलिभिजनमा कार्यरत छन् । श्रीराम वाग्ले कान्तिपुर पब्लिकेशनमा कार्यरत छन् । जाजरकोटको रेडियो पाइलाबाट पत्रकारिता सुरु गरेका नवराज न्यौपाने सुर्खेतबाट पत्रकारिता गरिरहेका छन् ।

    उक्त संगठनका देशभर ५ सय भन्दा बढी साधारण सदस्यहरु रहेको नव निर्वाचित अध्यक्ष दिल्लीराज राउतले बताएका छन् । संगठनका जिल्ला स्तरका नेता कार्यकर्ताहरु नेपाल पत्रकार महासंघका विभिन्न जिल्ला शाखा पदाधिकारी र कार्यसमितिको जिम्मेवारीमा रहेका छन् ।

    नगरकोटमा सम्पन्न क्रान्तिकारी पत्रकार सँगठन, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनले नौ जना प्रदेश ईञ्चार्ज समेत केन्द्रिय सचिव रहने गरि विधान पारित गरेको थियो ।

    अहिले क्रान्तिकारी पत्रकार सँगठन नेपालको संरचना पनि त्यही विधान अनुसार अगाडि बढाईएको छ । क्रान्तिकारी पत्रकार सँगठन नेपालको पहिलो पूर्ण केन्द्रीय समितिको बैठकले श्रमजीवी पत्रकारको पक्षमा सँघर्ष गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ