• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    अवैधानिक निर्माण कार्य रोक्न भ्रष्ट नगर अध्यक्ष र कर्मचारीहरुलाई नेकपा कञ्चनपुरको चेतावनी

    14.9K
    SHARES



    कञ्चनपुर ।

    नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले भीमदत्त नगर विकासको जमिनमा भइरहेको अवैधानिक र अव्यवस्थित निर्माण कार्य रोक्न चेतावनी दिएको छ ।

    भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको ६५० बिगाहा जमिन भाडा प्रकरणमा लाखौं करोडौंको चलखेल गर्दै भूमाफियाहरु अति नै सक्रिय भइरहेको भन्दै यस्तो चलखेल समेत तत्काल रोक्न नेकपाले चेतावनी दिएको हो ।

    शुक्रबार पार्टीका जिल्ला सचिव आजादले एक विज्ञप्ति जारी गर्दै बिगतदेखि हालसम्म अनमियततामा संलग्न सबै अध्यक्ष र सरकारी कर्मचारीहरु बिभिन्न बहानामा उक्त जमिन हडप्न अनेकौं प्रपञ्च गरिरहेको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    विगतदेखि बर्तमानसम्मका भ्रष्ट अध्यक्ष र सरकारी कर्मचारीहरुले जमिन कब्जा गरेर अवैधानिक ढंगबाट अव्यवस्थित रुपमा जारी राखेको निर्माण कार्य तत्काल नरोकिए कडा कारवाही गर्ने समेत सचिव आजादले चेतावनी दिएका छन् ।

    ‘नगर विकासको जमिनमा अवैधानिक, अव्यवस्थित ढंगले निर्माण भएका र भइरहेका कार्यहरु तुरुन्त रोक्न यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौं । सचिव आजदद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘साथै भीमदत्त नगरपालिकाले यस बिषयमा गम्भीर भई यथासिघ्र यो बिषय समाधान गर्न अनुरोध गर्दछौं । अन्यथा हाम्रो पार्टीको जनसत्ताको निर्देशनमा पार्टीले भूमाफियालाई कारवाही गर्ने चेतावनी दिन चाहन्छौं ।’

    उनले यस विषयमा गम्भीर बन्न र समस्या समाधानका लागि कदम चाल्न भीमदत्त नगरपालिकालाई समेत आग्रह गरेका छन् । अन्यथा पार्टीको जनसत्ताको निर्देशनमा पार्टीले भूमाफियालाई कारवाही गर्न पछि नपर्ने उनको चेतावनी छ ।

    नगरविकासको जमिनमा केहि समययता बिभिन्न निर्माण कार्य जारी छन् । भ्रष्टाचार र अनियमिततामा संग्लन केहि पूर्व अध्यक्षसहित बर्तमान अध्यक्ष र सरकारी कर्मचारीहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि लागिपरेको भन्दै त्यहाँका स्थानीयले समेत चरम असन्तुष्टि जनाएका छन् ।

    भीमदत्त नगरविकास समितिले नियमविपरित करोडौं मूल्यको जमिन कौडीको भाउमा लिजमा दिन थालेपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ । नगरविकासले जिल्लामा नाम चलेका व्यवसायीदेखि पत्रकारसम्मलाई नियमविपरीत उक्त करोडौंको जमिन कौडीको भाउमा दिएको मात्रै छैन त्यहाँ वैधानिक र अव्यवस्थित भवन निर्माण कार्य समेत जारी राखेको छ । तस्वीर: पुस्कर भट्ट

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ