• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    रिहा भएलगत्तै प्रकाण्डले विप्लवलाई गरे अभिवादन, ओली-प्रचण्डलाई दिए यस्तो चेतावनी

    83.3K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको समय अब धेरै नभएको बताएका छन् । उनले आफूहरुसँग विचारको हतियार भएकै कारण सरकार डराएको बताए ।

    मंगलबार साँझ रिहा भएलगत्तै स्वागतको लागि माइतीघर मण्डलापुगेका सयौं नेता, कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकारलाई भदौमा उम्रेको च्याउ भएको बताउँदै भने,- “यिनीहरुको समय धेरै छैन । हामीसँग हतियार छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।”

    प्रकाण्डले देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । उनले जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति जारी रहने बताए ।

    “जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ” प्रकाण्डले भने । उनले नेपालमा क्रान्तिको विरुद्धमा देशी–विदेशी दलालहरु जहिले पनि लाग्ने गरेको उनले बताए ।

    सम्बोधनकै क्रममा प्रकाण्डले जनताको पक्षमा संघर्ष गर्दा ज्यान मुद्दा लगाएको भन्दै (नेकपा)का अध्यक्ष प्रचण्डलाई १० हजार जनताको हत्याराको मुद्दा जनअदालतमा लगाउने चेतावनी दिए । अहिलेको परिवर्तन प्रधानमन्त्री ओलीले नल्याएको भन्दै प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह भने । उनले तत्कालिन माओवादी र आफूहरुले अहिलेको परिवर्तन ल्याएको बताए ।

    विप्लवलाई अभिवादन

    सम्बोधनका क्रममा प्रवक्ता प्रकाण्डले पार्टी महासचिव विप्लवलाई माइतीघरबाट अभिवादन गरे । ‘अहिले हामीलाई सत्ताले गरेको गिरफ्तारी, ओलीको दलाल फासिवादी सरकारका विरुद्ध, रामबहादुर थापाको रबैयाका विरुद्ध वकिल, पत्रकार, अदालतका कर्मचारी, सबै जिल्लाका सुरक्षाकर्मी र प्रशासनमा हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’ उनले भने- ‘हामी गिरफ्तारीमा परेपछि निरन्तर हाम्रो मुक्तिका लागि कुशल नेतृत्व गरिराख्ने, पार्टीलाई एकढिक्का बनाई क्रान्तिको कुशल नेतृत्व गर्ने हाम्रो पार्टीका महासचिव कमरेड विप्लवलाई अभिवादन गर्न चाहन्छु ।’

    उनले जारी क्रान्तिले सबै दलालहरूको हिसाबकिताब राखेको र त्यसको उचित फैसला गर्ने पनि बताए । ‘कमरेड महासचिवको नेतृत्वमा अघि बढिराखेको क्रान्तिमा जनता र राष्ट्रमुक्तिका लागि आवश्यक परेमा बलिदान गर्न पनि तयार छौँ । दस वर्षको जनयुद्धको नेतृत्व गरेका प्रचण्डहरूले अहिले हामीमाथि दमन गरिराखेका छन् ।’ उनले भने- ‘प्रचण्डका विरुद्ध १० हजार जनताको हत्याको मुद्दा जनताको अदालतमा दर्ता हुनेछ । ओलीले यो गणतन्त्र ल्याएको होइन । त्यसैले उनले धेरै ठ्याँठ्याँ नगरे हुन्छ ।’

    प्रकाण्डलाई गत साउन २२ गते गिरफ्तार गरेपछि सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको थियो । त्यसको लगत्तै एनसेल टावर आगजनी गरेको आरोपमा अदालत परिसरबाटै गिरफ्तार गरी काभ्रे लगिएको थियो ।

    यसैगरी उनलाई भोजपुर, दाङ हुँदै उदयपुरमा विभिन्न मुद्दा लगाएर पाँचपटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिँदा पनि पुनः गिरफ्तार गरेको थियो । असोज ९ गते पनि सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएपछि मात्र रिहा गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ