• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    अन्ततः ४९ दिनपछि रिहा भए प्रकाण्ड, काठमाडौंमा भव्य स्वागत

    54.8K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता ‘प्रकाण्ड’ रिहा भएका छन् ।  गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड मंगलबार सर्वोच्चको आदेशमा ४९ दिनपछि रिहा भएका हुन् ।

    सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो । यसअघि रिहा गर्न आदेश पाए पनि प्रहरीले सर्वोच्च परिसरबाटै उनलाई ४ पटक पुनः गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो ।

    रिहालगत्तै नेकपा कार्यकर्ताले उनलाई भब्य स्वागत गरेका छन् । फूलमाला र खादा लगाएर नेकपा नेता कार्यकर्ताले नारावाजी गरेका छन् ।प्रकाण्डलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेर सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको हो । यसपटक भने गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको वार्तापछि फेरि पक्राउ नगर्ने सहमति बनेको स्रोतले जनाएको छ ।

    मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।  सर्वोच्चको आदेशमा रिहा भएपछि माइतीघर मण्डलामा पुगेका उनलाई त्यहाँ नेकपाका कार्यकर्ताले स्वागत गरेका छन् ।

    प्रकाण्डलाई स्थानीय तथा प्रतिनिधि सभाको निर्वाचनका समयमा देशका विभिन्न जिल्लामा भएको विस्फोट तथा अन्य आक्रमणका घटनामा मुख्य अभियुक्त बनाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

    सुरुमा काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट पक्राउ गरिएका विश्वकर्मा विभिन्न जिल्लाका अदालतमा चलेको मुद्दाका आधारमा प्रहरीले अड्डासार गर्दै लगेको थियो । ७ करोड बढी चन्दा जबरजस्ती असुलेको अभियोगमा पक्राउ गरिएका उनलाई काठमाडौँ, काभ्रे, नुवाकोट, दाङ, भोजपुरसहितका जिल्लामा लगेर मुद्दा चलाइएको थियो ।

    त्यसबीचमा उनका छोरा तथा भाइले पटक पटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । ती रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले तत्कालै पक्राउ गर्ने गरेको थियो ।

    सरकारले नेकपाका सयौँ कार्यकर्तालाई देशका विभिन्न जिल्लाबाट पक्राउ गरेर हिरासतमा राखेको छ । हिंसात्मक गतिविधि गर्ने आशंकमा उनीहरुलाई नियन्त्रणमा लिएर फरक फरक मुद्दामा म्याद थप गर्दै हिरासतमा राखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ