• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    भोली असोज १० गते रोल्पा बन्द, स्थानीयले समेत समर्थन गर्ने, यस्तो छ कारण

    24.9K
    SHARES



    रोल्पा ।

    नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले भोली असोज १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई  विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो ।

    लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ असिनाले संचारकेन्द्रलाई बताइन ।

    असोज १ गते रोल्पा नगरापलीका १० धवाङ भनभनेमा सांस्कृतीक कार्यक्रममा सहभागी भएको समयमा सुवेदीलाई प्रहरीले अपहरण शैलीमा प्रक्राउ गरेको थियो । उनलाई केकति कारणले गिरफ्तार गरियो भन्नेबारेमा प्रहरीले केहि जानकारी दिएको छैन ।

    गिरफ्तार परेका नेतालाई रिहा गर्न आग्रह गर्दा पनि सरकारले नटेरेको भन्दै नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसअन्तरगत हिजो सोमबार कोण सभा सम्पन्न गरेको नेकपाले आज मंगलबार मसाल जुलुस गर्ने र भोली आसोज १० गते आम हड्ताल गर्ने जनाएको छ ।

    पहिलो चरणको आन्दोलन वाट पनि सुवेदीलाई रिहार्इ नगरे दास्रो चरणको कडा खालकाे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने नेकपा रोल्पाले जानकारी दिएकाे छ ।

    यसबीच नेकपाको आधार इलाका मानिने रोल्पामा नेकपाको बन्दलाई स्थानीयले समेत साथ् दिने भएका छन् । मंगलबार संचारकेन्द्रसँग कुरा गर्दै लिवाङका स्थानीय बल बहादुर घर्तीले नेकपाको आन्दोलनमा आफूहरुले पनि साथ् दिने बताए । ओली सरकार बलात्कारी, घुसखोर र भ्रष्ट्राचारीलाई कारवाही गर्नुको साटो लुकाउन र संरक्षण गर्न लागिपरेका भन्दै उनले त्यसकारण पनि नेकपाको आन्दोलनलाई साथ् दिने तर्क गरे ।

    २०७५ असोज ९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ