• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    प्रकाण्डको रिहाइबारे सरकारी वार्ता टोलीका सदस्यको यस्तो खुलासा, के हो यथार्थ ?

    12.8K
    SHARES



    काठमाडौँ । 

    सरकारले गठन गरेको वार्ता टोलीका एक सदस्यले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड आज मंगलबार रिहा हुने खुलासा गरेका छन् । वार्ता टोलीका ति सदस्यका अनुसार प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले रिहाईको आदेश दिए सरकारले पुनः गिरफ्तार नगर्ने विषयमा सरकार सहमति भएको छ ।

    गृहमन्त्री रामबहादुर थापा र वार्ता टोलीबीच भएको छलफलमा सो सहमति भएको हो । “सर्वोच्चले रिहाई गर्ने आदेश दिएमा प्रकाण्ड छुट्नुहुन्छ । हामीलाई सरकारले त्यही भनेको छ” टोली सदस्यले भने । उनले आफूहरुले रिहाई र पुनः गिरफ्तारीले वार्तामा असहजता ल्याएको बताउँदै रिहाई गर्न सुझाव दिएको समेत बताए ।

    “अदालतले रिहा गर्ने र सरकारले पुनः गिरफ्तार गर्दा वार्ताको वातावरण बन्न सकेन । हामीले गृहमन्त्रीसँग छलफल गरेर वार्ताको वातावरण बनाउने भन्नेमा सहमति भएको छ । आज प्रकाण्ड छुट्नुहुन्छ” वार्ता टोलीका एक सदस्यले भने । नेकपाका माग धेरै ठूला नभएको समेत आफूहरुले सरकारलाई भनेको बताउँदै उनले भने, “विप्लवका माग आकाश खसाउने छैनन्, जनताकै कुरा छन् ।”

    सरकारले प्रकाण्डलाई हतकडी लगाइरहँदा वार्ता हुने नसक्ने आफूहरुले गृहमन्त्री थापालाई आफूहरुले भनेको बताए । “संकटकालमा जस्तै हतकडी लगाएर वार्ता हुन सक्ने भनेका छौं” अनलाइन डबलीसँगको कुराकानीमा भने । उनले प्रकाण्ड लगायतका नेताहरु रिहा भए वार्ताको वातावरण बन्ने बताए ।

    यसअघि पनि प्रकाण्ड रिहा हुने हल्ला चलेको थियो । तर उनलाई प्रहरीले सर्वोच्च परिसरबाटै पटकपटक गिरफ्तार गर्दै आएको छ । यसपटक भने साच्चै प्रकाण्ड छुट्छन या फेरी गिरफ्तार पर्छन् भन्ने विषयमा मंगलबार अर्थात् आज टुंगो लाग्नेछ ।

    २०७५ असोज ९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ