• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    हेलिकप्टर लिएर मेलामा पुगेका मुख्यमन्त्री शाहीसँग कालिकोटे जनता आक्रोसित, देखाए कालो झण्डा

    102.9K
    SHARES



    काठमाडौँ ।

    हेलिकप्टर नै लिएर मेलामा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीलाई  कालिकोटका जनताले कालो झण्डा देखाएर बिरोध गरेका छन् ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्द सिंह बुढा, भूमिव्यवस्था तथा सहकारीमन्त्री बिमला केसी सहितका मन्त्रीहरुको टोलीलाई हेलिकप्टरमा बोकेर मुख्यमन्त्री शाही रुप्सा पुगेका थिए ।

    जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित रुप्सामा हरेक बर्ष असोज १ गते स्वत लाग्ने पुष्पान्जली सरद मेलाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीको टोलीलाई रुप्साका स्थानीयवासीले कालो झण्डा देखाएर उनीहरुलाई बहिष्कार गरेका हुन्।

    शाहीले बहुमत मन्त्रीहरुको जम्बो टोली हेलिकप्टरमा ल्याएर जनताको करबाट उठेको लाखौ रकम खर्च गरेको भन्दै मेला हेर्न गएका स्थानीय आक्रोशित भएर एकाएक कालो झण्डा देखाउदै कर्णाली प्रेदेश सरकारका मन्त्रीहरुलाई बहिष्कार गरेको घोषणा गरेका थिए।

    सरकारी पक्षले भने मन्त्री कार्यक्रम स्थलमा पुगेसँगै स्थानीयले नभई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएको आरोप लगाएको छ ।

    स्थायी रुप्सावासीले भने सरकारी पक्षको यस्तो आरोप निराधार भएको बताएका छन् । उनीहरुले मेला आयोजक समितिले गत बर्षमेलामा सास्कृतिक कार्यकम देखाउन ल्याइएका कलाकारहरुलाई अहिलेसम्म पनि पारिश्रमिक नदिएको, मेला आयोजक समितिले विभिन्न श्रोतबाट जम्मा गरिएको रकम दुरुपयोग गरेको हुनाले आफ्ना कर्तुत लुकाउन आरोप अरुमाथि थोपरिएको बताए।

    यता मेला आयोजना स्थल रुप्साकै एकजना जनयुद्ध लडेका स्थानीय टेक बहादुर बोगटीले भने आयोजक समितिका संयोजक लगायतका केही व्यक्तिहरुले ब्यापक भ्रष्टाचार गरेको भन्दै यस्ता कर्तुतहरुको समयमै भण्डाफोर गर्ने बताएपछि आफुहरुलाई मेलामा सहभागी समेत नगराइएको जानकारी दिए।

    आयोजक समितिले उक्त गाउँपालिकाका स्थानीयहरू समाजसेवी, पत्रकार, कलाकार ब्यापारी र बुद्धिजिबीहरु (जो कामको शिलशिलामा जिल्ला बाहिर छन्) लाई समेत जानकारी नगराई एकलौटी मेला योजना गरिएको र ठुलो रकम हिनामिना गर्ने निहत स्वार्थ उनीहरुको रहेको बोगटीको आरोप छ ।

    त्यति मात्रै होइन आयोजकले चर्चित कलाकार टिका पुन र सर्बिंन बोगटीको नाम बेचेर दर्शक झुक्याएको तर उनीहरुलाई मेलामा सहभागी नै नगराइएको समेत स्थानीयले बताएका छन् ।

    मुख्यमन्त्री शाहीसहित मन्त्रीहरुको जम्बो टोली हेलिकफ्टर लिएर एकै दिन जिल्लाको रुप्सा, कुमालगाउँ र रास्कोटका विभिन्न कार्यक्रम उद्घाटन गर्न गएको थियो ।

    कुमालगाउँमा निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा घोषणा कार्यक्रम उद्घाटन गरेर रुप्साको मेला उद्घाटन गरेका मुख्यमन्त्री शाहीसहितको टोली रास्कोटमा डिजिटल शिक्षण सिकाइ बिधीको उद्घाटन गरेर सुर्खेत फर्केको थियो।

    मुख्यमन्त्री शाहीसहित चार जना मन्त्रीले सोमबार रिजर्ब गरेर लागेको हेलिकोप्टरको भाडा नै करिब ६ लाख बढी परेको श्रोतले संचारकेन्द्रले बताएको छ।

    विकास योजना तथा नीति निर्माणका कार्यक्रममा दुई चार जना मन्त्रीको सहभागी हुनु स्वाभाविक मानिए पनि मेला उद्घाटन गर्न मुख्यमन्त्रीसहित चार जना मन्त्री पुगेपछि कर्णाली प्रदेशमा व्यापक आलोचना सुरु भएको छ ।

    मेलामा मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई मात्र निम्तो भए पनि अन्य मन्त्रीहरुले समेत घुमघाम गर्ने मनसाय देखाएपछि मुख्यमन्त्री शाही उनीहरुलाई हेलिकप्टरमा बोकेर कालिकोट पुगेको स्रोतले बतायो ।

    फेसबुक, ट्विटर बन्द गर्ने, एनजीओ, आइएनजीओलाई पैसा बाढ्न बन्द गराउने घोषणा गरेका मुख्य मन्त्री शाहीले किर्डाक र भिडिसेफ नामका एनजीओले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रम उद्घाटनमा हेलिकप्टर लिएर गएको भन्दै कर्णालीका जनताले सामाजिक सञ्जालमा ब्यापक आलोचना र व्यंग्य गर्न थालेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ