• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार समाचार

बझाङका पत्रकार बिकमाथि मध्यराति सांघातिक आक्रमण

14.8K
SHARES



काठमाडौं ।

बझाङका पत्रकार गणेश बिकमाथि गएराति सांघातिक आक्रमण भएकाे छ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० सदरमुकाम चैनपुरमा राति बाटोमा हिडीरहेको अवस्थामा बाटो कुरेर बसेका ४/५ जनाको समूहले टर्च किन बालेको भन्दै कुटपिट गरेको पिडित बिकले बताए ।

कुटपिटबाट बिक घाइते भएका छन् । उनको आँखामा गम्भीर चोट लागेको छ भने एउटा दाँत समेत भाँचिएकाे छ । सनिवार राती साढे १० बजे बिक बाजुरा होटलबाट खाना खाएर साथिको कोठा जाने क्रम्मा कुटिएका हुन् ।

‘अध्यारो थियो, होटलमा खाना खाएर साथीको कोठा जादै थिए । एक्कासी ४/५ जनाले बाटो छेके । टर्च किन बालेको भनेर भकाभक कुट्न थाले’ पत्रकार बिकले संचारकेन्द्रसँग भने- मेरो देब्रे आँखामा चोट लागेको छ, एउटा दात पनि भाचिएको छ ।’

आफुमाथि भएको कुटपिटबारे राति नै प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कुनै चासो नदिएको विकले बताए । उनले आफुमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको पनि बताएका छन् । पत्रकार बिक पछिल्लो समयमा भ्रष्टचार, अनियमितता बारे समाचार लेख्दै आएका छन ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ