• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    अपहरण शैलीमा गिरफ्तार परेका क्रान्तिकारीका काठमाडौं उपाध्यक्ष रिहा, प्रहरीले समान फिर्ता गरेन

    15.1K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का काठमाडौं जिल्ला उपाध्यक्ष गोबिन्द बिष्ट रिहा भएका छन् । शुक्रबार तीनकुने प्रहरीले उनलाई अपहरण शैलीमा काठमाडौंको सिनामंगलबाट गिरफतार गरेको थियो ।

    बिभिन्न केरकार गरेर उनलाई शनिबार दिउसो प्रहरीले रिहा गरेको छ । ‘आफ्नै काममा हिडिरहेको बेला शुक्रबार एकाएक प्रहरीले समातेर लगेर गयो ।’ रिहा भएपछि संचारकेन्द्रसँग कुरा गर्दै उपाध्यक्ष बिस्टले भने- ‘फरक राजनीतिक आस्था र विचार बोकेकै कारण बिना कसुर हामीले गिरफ्तार हुनुपरेको छ । यो कहाँसम्मको जायज कुरा हो ?’

    प्रहरीले अनावश्यकरुपमा आफ्नो सङ्गठन र पार्टीका नेता कार्यकर्ताहरु माथि धरपकड बढाएको भन्दै घोर भर्त्सर्ना समेत गरे । बिष्टलाई गिरफ्तार गरेर प्रहरीले उनको कोठामा समेत छापा हानेको थियो ।

    कोठामा छापा हानेर प्रहरीले बिष्टको १ थाप ल्यापटप, बिभिन्न किताबहरु, सिडी, झोला, विद्यार्थी सङ्गठनको बिधान प्रतिवेदनसमेत लगेर गएको थियो । शनिबार उनी रिहा भएसँगै प्रहरीले उनको ल्यापटप फिर्ता गरेपनि अन्य समान भने फिर्ता गरेको छैन ।

    सरकारले नेकपाका प्रवक्ता प्रकाण्डसहि पोलिटब्युरो र केन्द्रीय सदस्यसहित दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ