• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेपालबाट चीन लगिएका मितीनी र सोल्टीले साँघाइमा आतंक मच्चाएपछि…

    45.4K
    SHARES



    काठमाडौं ।

    नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो ।

    वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा गोन्जाओमा छन् । पछिल्लोपटक लगिएको गैंडा सांघाइमा । मितीनी र सोल्टीलाई कार्गो जहाजमार्फत साँघाई नेशनल पार्क लगिएको थियो ।

    त्यहाँ कार्गोबाट बाहिर निकाल्न करिब चार घण्टा ढिला भयो । कार्गो रोकिएको लामो समयपछि गैंडा बाहिर निकालियो । पार्कमा पुग्ने बित्तिकी मितिनीले आंका मच्चाउन थाली । चिनियाँ नागरिक देख्यो कि जाइलागिहाल्ने मितिनीको व्यवहारबाट उनीहरु डराए । तर, नेपालबाट पहिल्यै स्याहार गरेर त्यहाँ गइसकेका प्राविधिकहरुले मितिनीलाई सम्झाएर शान्त पारे ।

    ‘कार्गोबाट निकालेपछि मितीनी धेरै रिसाएको खबर आएको छ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘यदि नेपाली प्राविधिकहरु नभएको भए शान्त पार्न गाह्रो हुने रहेछ ।’

    २०७५ भदौ १३ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ