• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    देशमा अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भैसक्यो: विप्लव (हेर्नुहोस् बिस्तृतमा)

    62.2K
    SHARES



    काठमाडौं । 

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव आम नेपाली जनताको मुक्तिका लागि अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भइसकेको बताएका छन् । मंगलबार नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताएका छन् । विज्ञप्तिमा विप्लवले नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गरेका र वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई बर्बाद पारिरहेको बताएका छन् ।

    “नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गर्न पुगेका यी वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेका छन् । क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेता÷कार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो” जारी विज्ञप्तिमा भनिएको छ ।

    विप्लवले पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुको गिरफ्तार सरकारले नै भन्दै आएको संघीय संविधानको विपरित रहेको भएको पुष्टि भएको बताएका छन् ।

    यस्तो छ विज्ञप्ति

    २०७५ साउन ३० मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ