• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाका सगरमाथा र कोशी ब्यूरो इन्चार्जसहित चार नेता गिरफ्तार

    18K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका सागरमाथा र कोशी ब्यूरो इन्चार्जसहित चार नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

    सगरमाथा ब्यूरो इन्चार्ज दिपेश र कोशी ब्यूरो इन्चार्ज किरण राईसहित राकेश शैलेसलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई मंगलबार राति धरानबाट गिरफ्तार गरेको हो ।

    यसबारे नेकपाले औपचारिक रुपमा केही बताएको छैन भने प्रहरीले पनि गिरफ्तार गरेको पुष्टि गरेको छैन ।

    मंगलबार मात्रै पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा नेकपाले नेपाल बन्दको अाह्वान गरेको थियो । बन्द सकिएलगत्तै फेरि दुई ब्यूरो इन्चार्जलाई गिरफ्तार गरिकएको हो । राईलाई यसअघि गिरफ्तार गरेर ६ महिनापछि मात्रै रिहा भएका थिए ।

    सरकारले अाफैले बनाएको संविधानविरुद्ध गएर निरंकुश फासिष्ट बन्दै गएको भन्दै नेकपाका महासचिव विप्लवले त्यसविरुद्ध संघर्ष गर्ने बताएका थिए । विप्लवले उक्त विज्ञप्ति निकालेको केही घण्टामै फेरि दुई ब्यूरो इन्चार्जलाई प्रहरीले गिरफ्तार गरेको हो ।

    २०७५ साउन ३० मा प्रकाशित । तस्वीर: गुगल

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ