• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    कैलालीको देउती गुट्खा उद्योगमा बम बिस्फोट, यस्तो छ पछिल्लो अवस्था

    26.4K
    SHARES



    कैलाली । 

    लामो समय शान्त रहेको कैलालीमा पछिल्लोपटक फेरी विष्फोट र त्रासका घटना बढ्न थालेका छन् । बिहिबार बिहानै कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा बम विष्फोट भएको छ । बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका छन्।

    उद्योग वरपरका स्थानीयवासीले आफुहरुले ठुलो आवाजमा एकाबिहानै विष्फोटको आवाज सुनेको बताएका छन् । अहिलेसम्म उक्त विष्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन।

    प्रहरीले भने बिहान करिव ५ बजेतिर उद्योगको पर्खाल बाहिर अज्ञात समूहले बम बिस्फोट गराएको बताएको छ । बिस्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुुरेन्द्रप्रसाद जोशीले जानकारी दिएका छन्।

    बिस्फोटका बारेमा इलाका प्रहरी कार्यालय लम्कीले अध्ययन थालेको बताएको छ। यसअघि साउन २ गते अज्ञात समूहले सोही उद्योगमा दुईवटा बम राखेको प्रहरीले जनाएको छ । नेपाली सेनाको टोलीले उक्त बम निस्कृत गरेको थियो।

    केहि समय अघि कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई अज्ञात समुहले गोली प्रहार गरेर घाइते गरेका थिए । त्यस यता केही  समय शान्त रहेको कैलालीमा फेरी अर्को विष्फोट भए सँगै जिल्लामा शान्ति सुरक्षामा खलबलिएको छ ।

    प्रतिक्रिया