• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    सशस्त्र प्रहरीका जवानले साथीसँग मिलेर गरे आफ्नै प्रेमिकाकाे बलात्कार, यसरी खुल्याे रहस्य

    23.2K
    SHARES



    काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत रहेको प्रहरीले काठमाडौंको कलंकीमा एक युवतीकाे बलात्कार गरेका छन् । आफ्नै प्रेमीका समेत रहेकी ती युवतीले जाहेरी दिएपछि यस्ताे रहस्य खुलेकाे हाे ।

    पीडित युवतीले कालीमाटीको महिला सेलमा जाहेरी दिएकी हुन् । उनले आफ्नै प्रेमी रामशरण पोखरेल समेतको संलग्नतामा उनका साथीले बलात्कार गरेको खुलाएकी छिन् ।

    पीडितको जाहेरीका आधारमा प्रहरीले उनका प्रेमी पोखरेल र पोखरेलका साथी चन्द्र प्रसाईंलाई पक्राउ गरेको छ । उनीहरु दुबै सशस्त्र प्रहरी बलमा कार्यरत रहेको प्रहरीले बताएको छ ।

    पोखरेलले कलंकी स्थित आशिर्वाद गेस्ट हाउसमा बोलाएको र रणनीति अनुरुप नै उनीहरुले दुई ओटा कोठा बुक गरेको तर सो कुरा आफुलाई थाहा नभएको पीडित युवतीको भनाई छ ।

    पोखरेलको साथी पनि राति नै होटलमा आएको र उनीहरु एउटै कोठामा सुतेको युवतीले प्रहरीलाई बताएकी छन् । उनी र उनका प्रेमी पोखरेल एउटा खाटमा र प्रसाई अर्को खाटमा सुतेको पीडितको भनाई छ ।

    तर पछि आफुलाई केहि थाहा नभएको तर विहानपख विउँझिँदा अर्धनग्न अवस्थामा आफुलाई पाएको उनको बयान छ । पीडित युवतीले त्यतिवेलै प्रहरीलाई फोन गर्न खोज्दा उनका प्रेमीले उनको फोन समेत फुटाईदिएको उनले बताईन् ।

    उक्त होटलको कोठाबाट प्रहरीले र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

    घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ