• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार समाचार

    आङ सान सुकीलाई जेलबाट सारेर नजरबन्दमा राखियो

    1.7K
    SHARES



    एजेन्सी । म्यानमारकी नेता आङ सान सुकीलाई सेनाले जेलबाट सारेर नजरबन्दमा राखेको छ। समाचार संस्था एपीका अनुसार गर्मी बढेका कारण सुकीलाई जेलबाट छाडिएको हो।

    म्यानमार सेनाका प्रवक्ता एवं मेजर जनरल ज मिन टुनले अत्यधिक गर्मी बढेकाले उनलाई छाडिएको बताएका छन्। यद्यपि उनलाई नजरबन्दमा राखिएको छ।

    सुकीलाई म्यानमारको राजधानी नेपिडमा रहेको मुख्य कारागारमा राखिएको थियो। जहाँ मंगलबार साँझको तापक्रम ३९ डिग्री सम्म पुगेको थियो। म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा ३ हजार बढी कैदीहरूलाई माफी समेत दिइएको एपीले जनाएको छ।

    ७८ वर्षीया सुकी विभिन्न मुद्दामा २७ वर्षको जेल सजाय काटिरहेकी थिइन्। जेलमा रहँदा उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको एपीले जनाएको छ। गत वर्ष सेप्टेम्बर उनमा रक्तचाप, खानाको अरूचि, झमझम हुने लगायतका स्वास्थ्यका समस्या देखिएको थियो।

    सुकीसँगै ७२ वर्षीय पूर्वराष्ट्रपति विन मिन्टलाई पनि जेलबाट सारिएको थियो। पूर्वराष्ट्रपति मिन्टले भने ८ वर्षको जेल सजाय काटिरहेका थिए।

    सुकीका समर्थकहरूले उनीमाथि झुटा आरोप लगाएर जेलमा राखेको दाबी गर्दै आएका छन्। सेनाले भने सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले सन् २०२० को आम निर्वाचनमा जित्न धाँधली गरेको आरोप लगाएको छ।

    सेनाले सन् २०२१ यता सत्ता कब्जा गरेयता २० हजार ३५१ जना मानिसहरूलाई राजनीतिक मुद्दामा पक्राउ गरको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ