• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हरायो

    5K
    SHARES



    काठमाडौं । बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छन् । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । डीएसपी न्यौपाने भन्छन- ‘हिजो राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’ । अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी  न्युपानेले बताए ।

    इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएका बेला लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । घटनाबारे बारा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ