• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इलाममा जमानत जफत भएपछि रवि लामिछानेले के भने ?

    1.8K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा नजिते पनि निर्वाचनबाट सिकेको बताएका छन्।

    गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘यदि’ ‘तर’ को सहारा नलिइ पराजय स्वीकार गर्न पनि पार्टी पंक्तिलाई निर्देशन पनि दिएका छन्।

    ‘इलाम–२ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्छु। हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनुहुने सबैप्रति आभारी छु,’ उनले भनेका छन्, ‘रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिलाई धन्यवाद! जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै यदि, तरको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’

    वैशाख १५ गते भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूको ५ हजार ५० मत ल्याए भने रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भएका हुन् ।

    इलाम २ मा सदर मत ६८ हजार ४ सय ७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । लिम्बुले ५ हजार ५० मतमात्रै पाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ