काठमाडौँ । अनलाइन मार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१६ घर भएकी ३० वर्षीया अनु श्रेष्ठ पक्राउ परेकी हुन् ।
सामाजिक संजाल फेसवुक र ह्वाट्सएप मार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेकी हुन् ।
आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । आरोपी काठमाडौँको चप्पल कारखानाबाट पक्राउ परेकी हुन् ।
प्रतिक्रिया