• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली प्रदेश राजनीति

    चाहेको नपाएपछि कर्णालीमा मन्त्री विनोदकुमार शाहले गरे शपथ बहिष्कार

    1.9K
    SHARES



    काठमाडौँ । चाहेको मन्त्रालय नपाएपछि कर्णालीमा नेकपा (एमाले) कै मन्त्रीले शपथ ग्रहण बहिष्कार गरेका छन्।

    मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका विनोदकुमार शाहले शपथ ग्रहण बहिष्कार गरेका हुन्। स्रोतका अनुसार उनले भौतिक मन्त्रालय लिन खोजेका थिए। तर कृषि दिएपछि शपथग्रहण नै बहिष्कार गरेका हुन्।

    ‘पहिले नै संसदीय दलका नेता तथा मुख्यमन्त्रीलाई भौतिक मन्त्रालय लिने भनिएको थियो, केपी शर्मा ओलीको सचिवालयबाट पनि उहाँलाई सोही मन्त्रालय दिनु भनेर भनिएको रहेछ,’ स्रोतले भन्यो, ‘उताबाट कृषि मन्त्रालयमा नाम आएछ, मन्त्री नियुक्त गर्ने क्रममा पनि दलको नेतालाई बारम्बार फोन र म्यासेज गर्दा रिप्लाइ आएन। अन्तिममा प्रदेश प्रमुखकहाँ गएको मन्त्रीको सूचीमा उहाँको अर्को मन्त्रालय देखिएपछि शपथ बहिष्कार गरियो।’

    अरू ६ जना मन्त्रीको भने मंगलबार शपथ भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ