• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नक्कली लाइसेन्स प्रकरण: यातायात कार्यालय बुटवलका शाखा अधिकृत पाण्डेसहित २ जनामाथि अनुसन्धान सुरु  

    782
    SHARES



    बुटवल । नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु भाको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा दुई जनामाथि पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

    सोमबार यातायात व्यवस्था कार्यालय बुटवलमा शाखा अधिकृत पदमा कार्यरत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो । पाण्डे माथि मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आइटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात व्यवस्था सवारी कार्यालय बुटवलमा इन्जिनियर पदमा कार्यरत करारका कर्मचारी हरिश भट्ट पक्राउ परेका थिए ।

    शुक्रबार र आइतबार पक्राउ परेका २ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद पाएको र पाण्डेलाई मंगलबार म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ