• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कर्णालीमा माओवादीबाट रावत, शाही र केसी मन्त्री बन्दै

    825
    SHARES



    सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् ।

    तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ ।

    यस्तै माओवादीबाट रणसिं परियार भने यसअघि नै मन्त्री बनिसकेका छन् । उनलाई पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ । स्रोतका अनुसार केसीलाई अर्थ, परियारलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ । शाहीलाई उद्योग र रावतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ ।

    सत्तारुढ दल नेकपा एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । यद्यपि एमालेबाट६ नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन ।

    एमालेबाट तीन जना मन्त्री बन्नेछन् । ८ सदस्यीय मन्त्रिमण्डलमा यसअघि माओवादीबाट रणसिं परियार मन्त्री भइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ