• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने सरकारको अनुमान

    1.4K
    SHARES



    काठमाडौं । चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने सरकारको अनुमान छ । चालु आर्थिक वर्षमा अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

    आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै विभागले चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षकोभन्दा बढी दरले उकालो लाग्ने अनुमान गरेको हो । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा खुम्चिएको थियो ।

    विभागले नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्ने देखिएको जनाएको छ । त्यही आधारभूत मूल्यअनुसार नेपालको कुल ग्राहस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुने अनुमान विभागले गरेको हो ।

    सरकारको यो अनुमान विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकको अनुमानभन्दा बढी हो । विश्व बैंकले यस वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने अनुमान गरेको छ । उता मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका छन् ।

    नेपालकै निजी क्षेत्रको तर्फबाट नेपाल व्यवस्थापन संघले देशको आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरिसकेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रतर्फको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रतर्फको वृद्धिदर ३.७५ प्रतिशतले हुने अनुमान गरिएको छ ।

    गत वर्ष अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार हुँदै त्यसको आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको विभागले जनाएको छ । गत वर्षको संशोधित आर्थिक वृद्धिदर २.३१ प्रतिशत कायम भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ