• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

जीवनशैली

अत्यधिक गर्मीका कारण पेटमै बच्चा खेर जाने जोखिम दोब्बर

6.1K
SHARES



काठमाडौं। अत्यधिक गर्मीका कारण बच्चा खेर जाने जोखिम दोब्बर हुने एक अध्ययनले देखाएको छ ।

भारतमा गरिएको अध्ययनअनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको मृत्यु हुने जोखिम दोब्बर देखिएको हो ।

उक्त्त अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८ सय गर्भवती महिलाले भाग लिएका थिए । चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो ।

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्ने गरेका थिए । बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे ।

मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर त तोकिएको छैन । सो अध्ययनले गर्भवती महिलाकाबारे चिन्ता थपिएको अध्ययनकर्ताहरूले बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ