• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    बजार चलायमान बनाउन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने कि सरकार ?

    3.7K
    SHARES



    ????????????????????????????????????

    रुषा थापा, काठमाडौँ। बजारमा आम सर्वसाधारण र व्यापारी भन्छन्, ‘सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाइदिए मन्दी कम हुन्थ्यो । र, बजार पनि चलायमान हुन्थ्यो ।’ व्यापारीहरु पाँच सय र हजारको नोट देखिन छोडेको वा पहिलाभन्दा निकै कम मात्र देखिने बताउँछन् । अहिले बैंक तथा वित्तिय संस्थाबाट भने सर्वसाधारणले आफुले बचत गरेके रकम वा पाँच सय र हजारको नोट निकालिरहेका छन् ।

    अनि त्यो पैसा कता गयो ? किन त्यो पैसा बजारमा गएन ? मानिसहरुले बैंक, वित्तिय संस्थाबाट आफ्नो निक्षेप निकालेर घरमै राखेका छन् । बैंकबाट कर्जा लिएका ऋणीहरुले आम्दानीको स्रोत नभएपछि वा बजारमा मन्दी हुँदा सो ऋण तिर्न सकेका छैनन् । यता, बचतकर्ताहरु बैंक डुब्छ र आफ्नो पैसा पनि डुब्छ भनेर निक्षेप निकाल्न बैंक, वित्तिय संस्थामा लाइन लागेका छन् ।

    सहकारीबाट निकालेको रकम पनि बचतकर्ताहरुले घरमै लुकाए । उता, भागेका सहकारीका सञ्चालकहरुले पनि संस्थाको रकम बैंकमा नराखी घरमै लुकाएका छन् । अहिले व्यापारीहरुले पनि दिनभर आम्दानी गरेको रकम घरमै राख्छन् । उनीहरु घरमै पैसा सुरक्षित हुने बताउँछन् । त्यसैले, अब सरकारले कि त बजारमा कति पाँच सय र हजारको नोट चलायमान छ ? भनेर अध्ययन गर्नुपर्छ ।

    नभए तीन महिनाको समय दिएर पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । यस्तो गरेमा अहिले घरमा लुकाइएको पैसा सबै बैंकका आउँछ । बैंकमा पैसा आउनासाथ बजार पनि चलायमान हुन्छ । मन्दी कम हुन्छ । तर, सरकारले यस्तो कार्य नगर्दा बजारमा मन्दी बढ्दै गएको छ भने पैसा लुकाउने पनि बढिरहेका छन् ।

    सरकार तत्काल एक्सनमा नगए वा यो निर्णय नगरेसम्म अर्थतन्त्रमा सुधार आउने छैन । पैसा हुनेले त बैंक, वित्तिय संस्थाबाट निकालेर घरमा लुकाए । तर, हिजो पैसा नहुनेसँग आज पनि छैन । ठुल्ठुल्लो व्यापार व्यवसाय गर्नेहरुसँग पैसा हुने हो । मासिक दश÷बीस हजार कमाउनसँग के को पैसा हुन्छ । किनकि त्यो रकमले उसले पूरा घर धान्नुपर्छ ।

    यसरी ठुला व्यापारी वा पैसा हुनेहरुले नै पैसा लुकाउँदा बजार मन्दीमा गएको हो । उनीहरुले बैंक, वित्तिय संस्थाबाट निक्षेप निकालेपछि कुनै पनि क्षेत्रमा लगानी गरेनन् । घरमै पैसा लुकाए । अनि आरामले बसेका छन् । उनीहरु बजार अध्ययन गरेर बसिरहेका छन् । घरजग्गा, गाडी र सेयरको मूल्य अझै घट्छ र बजार झन् मन्दीमा जान्छ कि जाँदैन ? भनेर उनीहरु हेरिरहेका छन् । उनीहरु पर्ख र हेरको अवस्थामा छन् ।

    अहिले व्यापारीहरु भन्छन्, ‘पसल खुल्यो, बहनी हुँदैन ।’ घरजग्गा, गाडी र सेरयको किनबेच ठप्प छ । किनेको मूल्यभन्दा आधामा दिन्छुभन्दा समेत बिक्री नभएको अवस्था छ । यो हुनुको कारण पैसा लुकाउनु हो । अहिले लगानी गर्छु भन्नेसँग पैसा छैन त लगानी गर्न सक्ने क्षमता भएकाहरुले पैसा घरमै लुकाएका छन् ।

    राष्ट्र बैंक वाणिज्य बैंकहरुमा पैसा थुप्रियो भन्छ । तर, राष्ट्र बैंक कति पैसा बजारमा पठाइएको थियो ?, त्योमध्ये कति रकम बैंकमा थुप्रियो ? वा कति रकम बजारमा चलायमान छ ? भनेर भन्दैन । यसबारे राष्ट्र बैंक अध्ययन गर्दैन । अनि बैंकमा पैसा थुप्रियो मात्र भन्छ । बैंकमा थुप्रिएको पैसा पाँच सय र हजारको हो कि सय, पचासको ? यसबोर राष्ट्र बैंक अध्ययन गर्दैन ।

    अर्थमन्त्री भएर आउनासाथ वर्षमान पुनले आफुसँग मात्र अर्थतन्त्र सुधार गर्ने योजना रहेको दाबी गरेका थिए । उनी अर्थमन्त्री भएको पनि एक महिना हुन लागिसक्यो । यसबीचमा अर्थतन्त्रमा सुधार आउनुको साटो झन्झन् नाजुक अवस्थामा पुगेको देखिन्छ । किनकि घरजग्गा, गाडी र सेयरको कारोबार अझै घट्दो छ । बजार पूरै मन्दीमा गइसक्यो ।

    सर्वसाधारणले आफुसँग भएको रकम सुरक्षित हुन्छ भनेर बैंक, वित्तिय संस्थामा राख्दै आएका थिए । तर, सहकारी भागेपछि वा बैंक पनि टाट पल्टिने थाहा पाएपछि उनीहरुले घरमै पैसा राखे । बजार तब चलायमान हुन्छ भनेर सर्वसाधारण, व्यापारीहरुले लुकाएको पैसा बाहिर आउँछ । त्यो पैसा कुनै क्षेत्रमा लगानी हुन्छ । यद्यपि, यहाँ त सबै पैसा लुकाइसकिएको छ ।

    अर्कोतर्फ, अहिले बैंक, वित्तिय संस्थाबाट ऋण लिने पनि कोही छैन । लिएको ऋण समेत तिर्न सकिरहेका छैनन्, अधिंकाशले । आम सर्वसाधारणको बैंक तथा वित्तियबाट विश्वास उठिसकेको छ । घुस अनि छिट्टै र बढी नाफा कमाउने दाउमा बैंक, वित्तिय संस्थाहरुले सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा प्रवाह गरे । कृषि, औद्योगिकरणका लागि कर्जा दिएनन् ।

    सरकारले गत साउन ३० गते जग्गाको कित्ताकाटफुकुवा गप्यो । तैपनि, जग्गाको कारोबार बढेको छ । अहिले पनि घरजग्गा किनबेच ठप्पै छ । यता, सेयरमा १२ करोडको सीमा हटाइयो । त्यो गर्दा पनि सेयरमा लगानी गर्ने बढेनन् । यसअघि गाडीको भ्यासिनको आधारमा ५० प्रतिशत कर्जा उपलब्ध हुनेमा ८० प्रतिशत पुप्याइयो ।

    तरपनि गाडी किन्ने कोही भएनन् । गाडीको किनबेच बढेन । बैंक, वित्तिय संस्थाको सम्पूर्ण कर्जा यही तीन क्षेत्रमा लगानी भएको छ । अनि अहिले बजारमा यी क्षेत्रमा मन्दी आएको पनि जनताले थाहा पाइसके । यसैले बैंक टाट पल्टिछ र आफ्नो रकम डुब्छ भनेर थाहा पाएर बचतकर्ताहरुले धमाधम निक्षेप निकालेका हुन् । नाकि पैसाको खाँचो परेर ।

    बजारमा प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन् । यसबारे सरकारभन्दा बढी सर्वसाधारण जानकार छन् । बचतकर्ताहरुले पनि बजारबारे अध्ययन गरिसकेका छन् । सो क्रममा पूरै मन्दी पाइएपछि बचतकर्ताहरुले निक्षेप निकालेका छन् । अहिले सरकार जनतालाई अलमल्याउन खोजिरहेको छ । अर्थतन्त्र सुधारतर्फ गइरहेको छ भनेर सरकार ढाँटिरहेको छ ।

    मालपोत र यातायात कार्यालयमा लेखनदास गर्ने तथा व्यापार गर्नेहरु सेवाग्राही नै नआउने बताउँछन् । महिनौं दिनसम्म एउटै काम पनि नपाएको लेखनदासहरु बताउँछन् । व्यापारीहरु पनि सेवाग्राही नआएको व्यापार ठप्पै रहेको सुनाउँछन् । अहिले सरकारले तंथ्याकले घरजग्गाको किनबेचमा गिरावट आइरहेको देखाउँछ ।

    बजारमा पछिल्लो समय घरजग्गा बेच्न चाहने यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैन । डा.प्रकाशशरण महत अर्थमन्त्रीबाट हट्नेबित्तिकै सेयर लगानीकर्ताहरुले अब सेयरको मूल्य बढ्छ भन्दै केक नै काटेर खाए । अहिले वर्षमान पुन अर्थमन्त्री भएर आएपछि सेयरको मूल्य झनै घटिरहेको छ । दिनहुँ सेयरको मूल्य घट्छ ।

    दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए । त्यसैले, यसकोमूल्य घटेको भन्न नमिल्ने पनि कतिपयको ठम्याई छ । उनीहरु भन्छन्, ‘हिजो मूल्य बढाएर नहुने काम गरेका थिए । अब फेरि चार दशकअघिकै मूल्यमा फर्किने छ ।’ मुलुकमा पहिलो पटक नेपाल बैंक लिमिटेडको स्थापना भयो । त्योभन्दा अगाडि मानिसहरुले आफुसँग भएको पैसा घरमै राख्थे ।

    त्यसको केही दशकपछि सहकारी तथा प्राइभेट बैंकहरु च्याउ उम्रिएझै स्थापना भए । र, बढी ब्याजको प्रलोभनमा वा सुरक्षित हुन्छ भनेर सर्वसाधारणले आफुसँग भएको रकम सहकारी, लघुवित्त तथा प्राइभेट बैंकमा राखे । अहिले सरकारी बैंक तीन वटा छ । ती हुन् राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड । सरकारी बैंकमा पैसा राख्नेहरु ब्याज नआएपनि ढुक्क छन् । आफ्नो पैसा सुरक्षित रहेकोमा उनीहरु विश्वस्त छन् ।

    तर, प्राइभेट बैंकमा पैसा राखेहरुको निद्रा र भोक नै हराएको छ । अहिले ‘क’ वर्गकै कतिपय बैंकहरु डुबिसकेको सर्वसाधारणले थाहा पाइसकेका छन् । किनकि आफुले नै राखेको पैसा निकाल्न जाँदा पनि बैंकहरु दिन आलटाल गरिरहेका छन् ।

    अहिले सहकारी किन डुब्यो ? भनेर प्रष्ट भइसकेको छ । र, प्राइभेट बैंकहरुको पनि सहकारीले नै लगानी गरेको क्षेत्रमा कर्जा भएकोले यीनीहरु भाग्ने पक्कै भइसकेको छ । त्यसैले, अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाएर पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउने निर्णय गरी दुई हजारको नयाँ नोट निकाल्नुपर्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ