• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बुवाले देखाएको बाटो समाएर निष्ठापूर्वक काम गर्छु: सुहाङ नेम्वाङ

    1K
    SHARES



    इलाम क्षेत्र नम्बर २ मा निर्वाचित प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने बताएका छन्।

    आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै मंगलबार उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्।

    सांसद नेम्वाङले आफ्नो बुबा (सुवास नेम्वाङ) ले देखाएको बाटोलाई समाएर आममतदाताको एक-एक मतको मूल्यांकन हुने गरी काम गर्ने बताए।

    ‘म एकदमै हर्षित र अलिअलि भावुक भएको छु। यो हर्ष र भावुकताको समय छ। यसमा म तपाईंहरू समक्ष उभिएर के बाचा गर्न चाहन्छु भने तपाईहरूले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मतको मूल्यांकन हुने गरेर काम गर्नेछु,’ उनले भने, ‘बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर इमान्दार र निष्ठापूर्वक काम गर्नेछु। तपाईंहरूको शिर कहिल्यै पनि झुक्न दिने छैन।’

    नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित हराएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ