• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार समाचार

नेकपाका पोलिट्ब्यूरो नेता रणवीरसहित चार नेता रिहा, राई र पुन पुनः गिरफ्तार

14.3K
SHARES



काठमाडौँ । 

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ सहित चार नेता रिहा भएका छन् ।

सर्वोच्च अदालतले आदेशमा रणवीरसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई पनि रिहा भएका छन् ।

प्रहरीले पोलिटब्युरो सदस्यहरू पदम राई र ओम पुनसहित तीन जनालाई भने प्रहरीले पुनः गिरफ्तार गरेको छ । राई र पुनसँगै उदयपुर जिल्ला इन्चार्ज केदार राईलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

गैरकानुनी थुनामा रहेका नेकपाका नेताहरूका पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गानाले बहस गरेका थिए ।

सवोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणा र मीरा खड्काको इजलासले गैरकानुनी थुनामुक्त गर्ने आदेश दिएको थियो ।
नेता पुनलाई बर्दिया र राईलाई मोरङ लगिन लागिएको छ ।

२०७५ असार २८ मा प्रकाशित ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ