• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपा पोलिटब्युरो नेता ओम प्रकाश पुन मध्यराति गिरफ्तार, अपहरण शैलीमा प्रहरीले कहाँ पुर्‍यायो ?

    22.5K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो नेता ओमप्रकाश पुनलाई प्रहरीले मध्यराति गिरफ्तार गरेको छ । मंगलबार राति ९ बजेतिर काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको उक्त पार्टीले बताएको छ ।

    पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् । केपी ओलीको नेतृत्वमा सरकार गठन भएलगत्तै नेकपाका नेता कार्यकर्ताहरुमाथि व्यापक धरपकड बढेको छ ।

    यसअघि आइतबार मात्रै नेकपा पाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्रा उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो ।

    तर सोमबार पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै विरोध जनाएपछि नेता असारे काका र मकर गुरुङसहित जना रिहा भएका थिए । बम, राई र उपाध्यायलाई भने अझै हिरासतमा राखेको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ