• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    रबि लामिछानेका समर्थकले दिए प्रेस काउन्सिलका सूचना अधिकारी खनाललाई ज्यान मार्ने धम्की

    64K
    SHARES



    काठमाडौँ । टेलिभिजन कार्यक्रम संचालक रवि लामिछाने प्रकरणमा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की आएको छ ।

    खनाललाई +६१४२३०५९६६ नम्बरबाट ज्यान मार्ने धम्की आएको हो । खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई धम्की आएको कुरा सार्वजनिक गरेका छन । उनले धम्कीप्रति प्रशासनको पनि ध्यानाकर्षण गराएका छन ।

    उनले भनेका छन ‘रवि लामिछानेको हवला दिँदै +६१४२३०५९६६ बाट मार्ने धम्की दिने मान्छे को होला ? उजूरी पर्यो काउन्सिलले आचारसंहिताअनुसार कारबाही अगाडि बढायो ।

    रविसँग उजूरीकर्ताले भनेअनुसार के कसो भएको हो भनेर लिखित जवाफ मागियो । भएको यत्ति हो । रविले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाउनुभयो ।

    त्यत्रो चर्चित मान्छेले फेसबुकमा द्वन्द्व बढाउने गरी लेख्नुभयो । यो राग उहाँले नै बढाउनुभयो । काउन्सिलले सयौँ रविलाई पत्र लेखेको छ आचारसंहिताअनुसार । रविका विरुद्ध काउन्सिलले स्वअनुगमन गरेको पनि हैन, उजूरी हालेको पनि छैन ।

    सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित हुन जरुरी छैन । हामीले अफिसियलबाहेक व्यक्तिगत कुरा लेखेका पनि थिएनौँ, मार्छु भन्ने धम्की आएपछि आम जानकारीका लागि यति लेखेका हौँ । प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

    लामिछानेको समर्थक समुहले खनाललाई ज्यान मार्ने धम्की दिएपछि यसरी एकपछी अर्को गरी रबि लामिछाने प्रकरण बिबादास्पद बन्दै गइरहेको छ । यसले पत्रकार बन्न खोजी रहेका ‘सिधा कुरा जनतासंग’ नामक कार्यक्रम संचालक रबि लामिछानेको छबि झन्-झन् बिग्रिने देखिन्छ ।

    पछिल्लो पटक रबि लामिछानेका समर्थक शुभचिन्तकहरुको समूहले उनको हवाला दिदै विभिन्न व्यक्तिहरुलाई फेसबुक मार्फत धम्क्याउने गरेका छन् भने लामिछानेले त्यस्ता क्रिया प्रतिक्रिया हेरेर आत्मरति लिदै लाइभ कार्यक्रममै आफ्ना समर्थक बढेकोमा खुसी ब्यक्त गर्ने गरेका छन्।

    रबि लामिछाने प्रकरणपछि नेपाली पत्रकारिता जगतमा एकातिर निकै ठुलो अराजकता देखिएको छ भने अर्कोतिर पत्रकारिता क्षेत्रको व्यसायिक मर्यादामा गम्भीर खतरा बढेको छ ।

    सामाजिक संजालमा एक थरि पाठक श्रोताहरुले अराजकतालाई समर्थन गरिरहेका छन् भने अर्को थरीले ब्यबसायिक मर्यादामा रहेर पत्रकारिता गर्न लामिछानेलाई अनुरोध गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ