• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    अरुण तेस्रोको कार्यालयमा शक्तिशाली बम विस्फोट, कसले लियो जिम्मा ?

    29K
    SHARES



    काठमाडौं ।

    संखुवासभाको खाँदबारीस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको फिल्ड कार्यालयमा मंगलबार राती ४ वटा शक्तिशाली बम विस्फोट भएको हो ।

    मध्यरातमा लगातार ४ वटा बम विष्फोट गराइए पनी हालसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन । उक्त परियोजना क्षेत्रमा यसअघि वैैशाख १८ मा पनि विस्फोट गराइएको थियो ।

    यता प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने घटनालाई सामान्यकरण गर्न खोजेका छन् । उनले नेपालका केही मिडियालाई बम अरुण तेस्रोको कार्यालय भन्दा बाहिर विष्फोट गराइएको प्रतिक्रिया दिएर घटनालाई लुकाउने प्रयास गरिएको छ ।

    बम कसले प्रहार गरेको हो भन्ने एकिन अझै भइसकेको छैन तर प्रजिअ अधिकारीले बम फ्याँक्ने समूहको खोजी जारी रहेको भन्दै बनावटी प्रतिक्रिया दिएका छन् ।

    उनले बम विष्फोट गर्ने समूह भोजपुरतिरबाट आएर बम पड्काएर फेरि भोजपुरतिर नै फर्किएको भन्ने हास्यास्पद प्रतिक्रिया दिदै खोजतलास जारी राखेको बताएका छन् । विस्फोटमा संम्लग्नहरुको खोजीकोलागि स्थानीय होटलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ ।

    अरुण तेस्रो जलविद्युत आयोजना नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार स्वरुप सुम्पिएको नेपाल कम्युनिष्ट पार्टीले आरोप लगाउदै आएको छ ।  तर अरुण तेस्रोमा भएका विस्फोटको भने उसले जिम्मा लिएको छैन ।

    नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए । दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर सिलान्यास गरेपछि सो घटनाको सर्वत्र विरोध भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ