• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    हेर्नुहोस् प्रहरीको यस्तो हर्कत ! नेकपाको कार्यालयमा मध्यरात आक्रमण, इन्चार्ज बिसी गम्भीर घाइते

    41.5K
    SHARES



    चितवन, २७ जेठ । 

    नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयमा प्रहरीले अाक्रमण गरी एक कार्यकर्तासहित सम्पूर्ण सामानहरु कब्जामा लिएको छ ।

    चितवनको भरतपुर महानगरपालिका–१० स्थित भोजाडमा प्रहरीले जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको हो ।

    अर्को ठाउँ कार्यालय सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको इन्चार्ज बिसीले बताएका छन् । बिसीले एक विज्ञप्ति निकालेर कार्यालय सार्दै गर्दा प्रहरीले मध्यरात चारैतिरबाट घेरा हालेर एक कार्यकर्तासहित सामानहरु कब्जामा लिएको बताए ।

    बिसीका अनुसार प्रहरीले नगद एक लाख रुपैयाँ, ल्यापटप एक थान, मोवाइल ६ थान, मोटरसाइलक एक थान, बिसीका कपडा चार जोड, किताब ५, कपी–डाइरी ८ थान, दैनिक उपयोग गर्ने समान कब्जामा लिएको छ ।

    प्रहरीको आक्रमणमा परी इन्चार्ज बिसी गम्भीर घाइते भएका छन् । उनीसँगै रहेका अर्का कार्यकर्ता बिरु तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    आफ्नो कार्यालयमामाथि प्रहरीले युद्ध शैलीबाट अाक्रमण गरेको भन्दै बिसीले आपत्ती जनाएका छन् । गिरफ्तार तामाङसँगै कब्जामा लिएका सम्पूर्ण सामानहरु फिर्ता गर्न बिसीले माग पनि गरेका छन् । प्रहरीसँग भएको झडपमा परी इन्चार्ज बिसी गम्भीर घाइते भएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ