• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    भ्रष्ट प्रधानाध्यापकमाथि अखिल क्रान्तिकारीको एक्शन, अफिसमै पुगेर दल्यो कालोमोसो

    15.1K
    SHARES



    विनायक, २२ जेठ । 

    भ्रष्ट बनेरअभिभावकहरुलाई दुख दिएको भन्दै अछाम जिल्लाको विनायकस्थित विद्यामन्दिर उच्च माविका प्रधानाध्यापक वीरबहादुर शाहीलाई अखिल क्रान्तिकारीले कालोमोसो दलेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले  मंगलबार बिहान १० बजेतिर विनायकस्थित विद्यालयको अाफ्नै कार्यकक्षमै रहेका शाहीलाई कालोमोसो दलेका हुन् ।

    केही समय पहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल क्रान्तिकारीले विद्यालयको प्रशासनमा तालाबन्दी गरेको थियो ।

    आफ्ना मागहरुको बेवास्ता गरेको, प्रहरी प्रशासन लगाएर विद्यार्थीलाई गिरफ्तार गराउने षड्यन्त्र गरेको भन्दै विद्यार्थीहरुले शाहीलाई कालोमोसो दलेका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ