• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    वीर अस्पताल सफाईको नाममा धुर्मुस र सुन्तलीको असुली धन्दा ! सरकारले लियो यस्तो एक्शन

    64K
    SHARES



    काठमाडौँ, १८ जेठ । 

    कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले वीर अस्पतालको सफाईको नाममा असुली धन्दा चलाएको आरोप लागेको छ । मुसहर र भूकम्प पीडितका आवास बनाएर चर्चा बटुलेका धुर्मुस र सुन्तली पछिल्लो पटक वीर अस्पताल सफाई अभियान चलाएका छन् ।

    धुर्मुस र सुन्तली फाउन्डेसनले वीर अस्पतालको सफाईको नाममा मनपरी रकम असुली गरेको भेटिएपछि उनीहरुको धन्दाको पर्दाफास भएको हो । फाउन्डेसनको आधिकारिक फेसबुकमा पनि सहयोगको लागि आग्रह गरिएको छ ।

    यसअघि मुसहर र भूकम्पपीडितको घर बनाउने नाममा करोडौंमध्ये ठूलो रकम हिनामिना गरेको आरोप पनि केही संचारमाध्यमहरुले लगाएका थिए । अहिले फेरिसफाईको नाममा धुर्मुस र सन्तलीले वीर अस्पतालबाट पनि रकम लिएको तर मनपरी रकम उठाइरहेका छन् ।

    सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको धुर्मुसले बताएका छन् । उनले संचारमाध्यमहरुसँग प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए ।

    तर यता सरकारले भने चन्दा असुलीधन्दा बन्द गर्न उनीहरुलाई भनिसकेको छ । विर अस्पतालको नाममा चन्दा नउठाउन धुर्मुस सुन्तली फाउन्डेशनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छन् । धुर्मुस सुन्तली फाउन्डेशनले आर्थिक हिनामिना गरेको आरोप लागेपछि मन्त्रीले सो निर्देशन दिएकी हुन् ।

    अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गिन्धत भएपछि स्वास्थ्य राज्यमन्त्रीले आफैं शौचालय समेत सफा गर्न वीर अस्पताल आएको बताइन ।

    अब विर अस्पतालबाट सुरु भएर देशै भरि नै यो अभियान संचालन हुने उनको भनाई छ । उनले भनिन्-‘आम जनमानसको सोचाइ नै सरकारी अस्पताल दुर्गिन्धत बन्ने छ, त्यही भ्रम चिर्न सरकारी अस्पतालको स्तर उन्नतिका लागि यो कार्य निरन्तर चहिरहने छ, अब केही समय पछि विर अस्पताल डिजीटल हुने छ । नेपालका सबै अस्पताहरुको गतिविधि मन्त्रालयबाट हेर्ने व्यवस्था हुने छ ।’

    राज्यमन्त्रीले अस्पताललाई अझ राम्रो बनाऔ भनेर अभियान चलाउन खोज्दा धुर्मुस–सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको बताए ।

    स्वास्थ्य मन्त्रालयले विर अस्पताल र ट्रमा सेन्टरको १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्रा्ष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेको थियो । नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल पनि अभियानमा सहभागी भएका छन् ।

    नेपालको नै पुरानो र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले विर अस्पताल र स्वास्थ्य मन्त्रालयसँ पैसा उठाउन अनुपती लिएको छैन । सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ