• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बालकृष्ण ढुङ्गेलको विरोध गर्नेलाई गृहमन्त्री बादलले दिए यस्तो कडा जवाफ

    22K
    SHARES



    काठमाडौं, १७ जेठ ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् ।

    बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले हत्याको मुद्दा लगाउने निर्णय गलत भएकाले कानुनी प्रक्रिया पुरा नहुँदा जेल गएकाले गणतन्त्र दिवसको अवसरमा अरुलाई जस्तै ढुङ्गेललाई पनि रिहा गरेको स्पष्ट पारेका हुन् ।

    गृहमन्त्रीले बालकृष्णले पनि अन्य कैदीले जस्तै ४० प्रतिशत सजाय भुक्तानी गरेको तथा कारागारमा असल चालचलन देखाएकाले गणतन्त्र दिवसको अवसरमा रिहा गरेको बताए ।

    ‘ढुंगेलविरुद्धको मुद्दा राजानैतिक रहेको निचोड सबै दलले निकालेका हुन्, तर सर्वोच्चबाट सजाय भइसकेकाले कानुनी प्रकृया पुरा गर्न समस्या भएको थियो’, उनले भने, ‘सर्वाच्चको आदेशपछि र त्यसअगाडि ४० प्रतिशत सजाय काटिसकेकाले माफी दिइएको हो ।’

    मन्त्री थापाले फरक प्रसंगमा पूर्वाधार निमार्णबाट मात्रै देशको समृद्धि सम्भव रहेको भन्दै बजेटले त्यसलाई सम्बोधन गरेको बताए । मन्त्री थापाले सरकारले ल्याएको बजेट विकास, समृद्धि र सु–शासनप्रति लक्षित रहेको दावी गरेका छन् ।

    पाँच वर्ष भित्र देशमा ठोस पूर्वाधार तयार गर्ने सरकारको योजनामा बजेट केन्द्रित रहेको उनले बताए । ‘विकास, समृद्धि र सुशासनका लागि बजेट केन्द्रित छ’, थापाले भने, ‘पाँच वर्षमा विकासको ठोस पूर्वाधार तयार गर्ने गरी बजेट आएको छ ।’

    उनले देशमा विखण्डनकारी गतिविधिमा सक्रिय भएकालाई मूल प्रवाहमा ल्याउने सरकारको नीति रहेको बताउँदै त्यसलाई अटेर गरे निस्तेज पार्ने समेत बताए ।

    नेपाली काँग्रेसलगायतका दलहरूले ढुङ्गेललाई रिहा गर्न नहुने भन्दै विराेध गर्दै अाइरहेकाे छ । साथै काँग्रेसले ढुङ्गेललाई जेल मुक्त गरिएकाे भन्दै सदन अवरूद्द गर्ने चेतावनी दिएकाे छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ