• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा बहुमत र क्रान्तिकारी माओवादीबीच पार्टी एकता घोषणा, भिडियोसहित

    1.8K
    SHARES



    काठमाडौँ । दुई वटा कम्युनिस्ट पार्टीबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी(बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पार्टी एकताको घोषणा गरेका हुन् ।

    दुवै पार्टीको एकता संयोजन समितिको बैठकले ऐतिहासिक मे दिवसका दिन आगामी वैशाख १८ गते सोमबार पार्टी एकता गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच हुन लागेको पार्टी एकता सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै पार्टीका शीर्ष नेताहरु मोहन बैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सम्बोधन गरेका छन् ।

    उनीहरुले अन्य क्रान्तिकारी मालेमावादीहरूसँग पनि पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणका लागि छलफल र बहस भइरहेको बताएका छन् । हेर्नुहोस भिडियाे

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ