• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    वाईसीएल अध्यक्ष दिपसीखाले ओलीलाई ‘लम्पसारवादी’ भनेपछि मच्चियो खैलाबैला

    29.9K
    SHARES



    काठमाडौं । माओवादी केन्द्रनिकट वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ ले प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीलाई ‘लम्पसारवादी’को संज्ञा दिएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषयलाई लिएर बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले घुमाउरो शैलीमा ओलीलाई ‘लम्पसारवादी’ भनेका हुन् ।

    यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा माओवादीलाई लम्पसारवादी भन्दै ओलीले उडाएका थिए । सोहि प्रसंगलाई जोडेर अध्यक्ष दिपसीखाले व्यंग्यात्मक रुपमा लेखेका छन् – ‘अब ‘राष्ट्रवाद’ र ‘लम्पसारवाद’ को ? कसरी ? र किन ? भनेर भनिरहन पर्ने भयो र ?’

    भूकम्पको मारमा परेका नेपालीमाथि नाकाबन्दी गरेका मोदीलाई नागरिक अभिनन्दन नगर्न नागरिक अगुवा र जनताले आग्रह गर्दा पनि ओलीले मोदीलाई जुनसुकै हालतमा नागरिक अभिनन्दन गर्ने बहानामा आमसभाको तयारी गरेका छन् ।

    उनले मोदीको स्वागत अनिवार्य सडकमा उत्रिन जनताहरुलाई उर्दी जारी गरेका छन् । जुन कुरा नेपाली जनताले रुचाएका छैनन् र मोदी र ओलीको विरोध गरिरहेका छन् ।

     

    नाङ्गो रुपमा ओलीको चाकडीमा लागिपरेका ओलीलाई अध्यक्षले दिपसीखाले लम्पसारवादी भनेपछि उअनको स्टाटसमा कमेन्टको ओइरो लागेको छ । केहि माओवादी युवाहरुले अब विप्लव नेतृत्वको नेकपासँग एकता गरेर जानुपर्ने धारणा पनि त्यहाँ राखेका छन् । भने लम्पसारवादीहरुसँग पार्टी एकता गर्न नहुने भन्दै माओवादीले एमालेसँगको एकता तोड्नुपर्नेमा पनि केहीको जोड छ ।

    अध्यक्ष दिपसीखाले हतियारधारी भारतीय कमान्डो नेपालमा मार्चपास गरिरहेको अवस्थामा समेत ओली सार्वभौमसत्ता, राष्ट्रवाद के हेरेर बसेको छ ? भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन – ‘प्रम ज्यु, बर्दी र हतियारधारी भारतीय कमाण्डो जनकपुरमा मार्च गरिरँहदा नेपालको सार्वभौमसत्ता र राष्ट्रवाद के हेरिबसेको छ हँ ?’ उनको स्टाटसले एमालेबृत तरंगित बनेको छ ।

    सबैभन्दा समवेदनशील बिषय भनेको मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा जसरी भारतीय सुरक्षा कमाण्डोहरु काठमाडौं र मधेसमा प्रवेश गरेका छन् । यसले नेपालको सुरक्षा व्यवस्था निरीह र कमजोर छ भन्ने देखाएको छ ।

    एउटा विदेशी पाहुनालाई सुरक्षा दिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी आफैं सक्षम हुँदाहुँदै पनि भारतबाट सुरक्षा टोलीहरु तडक–भडकपूर्ण ढंगले काठमाडौं र मधेसमा उत्रिनु सार्वभौम देशका लागि गौरवको विषय होइन । जबकि नेपालका प्रधानमन्त्री दिल्ली जाँदा सरक्षा गार्डबाहेक कोही लगिएको हुँदैन ।

     

    कुनै विदेशी पाहुना नेपाल आउँदा उनको सुरक्षा गर्नु हाम्रो देशको दायित्व हो । नेपालका सुरक्षाकर्मीहरु विश्वको शान्ति फैलाउने उदेश्यसहित शान्ति सेनामा खटिएका छन् । स्वयं भारतमा पनि गोर्खा सैनिकले सुरक्षा दिएका छन् । यो अवस्थामा ओली सरकारले नेपालका सुरक्षा अंगको मोराल बढाउनुको सट्टा झन् गिराएका छन् ।

    मोदीलाई गरिने भनिएको नागरिक अभिनन्दनको पनि चौतर्फी ब्यापक बिरोध भएको छ ।   मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको हो ।

    ‘देशलाई नै उथलपुथल पार्ने भूकम्प भुलिन्छ । तर हाम्रो स्वाभिमानमा धक्का पु¥याउने तिम्रो नाकाबन्दी भुल्न सकिन्न,’ एक ट्विटेले ट्विट गरेका छन् । नाकाबन्दीका बेला भाइरल बनेका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई विरोध जनाइरहेका छन् ।

    सबैभन्दा बढी मोदीलाई गरिने नागरिक अभिनन्दनको विरोध भइरहेको छ । ‘महामहिम नरेन्द्र मोदीलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजीमा अभिनन्दन गर्ने रे, यी चारवटै भाषामा नाकाबन्दी अपराध थियो । #BlockadeWasCrimeMrModi सुनाइदिनुहोला । नबुझे नेपालीले अरु भाषामा बताउँछन् । नेपाल र नेपालीप्रति सद्भाव राख्ने भारतीयमा नमन,’ विकास थपलियाले ट्विट गरेका छन् ।

    मोदी भ्रमणको पूर्वसन्ध्यामा गरिएका पिच सडकलाई लिएर पनि सामाजिक सञ्जालमा केपी शर्मा ओलीको विरोध गरेका छन् । ‘नेपाली जनताले धुँवा धुलो खान हुने, मोदीलाई देखाउन लाज लाग्ने’ भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ