• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    एकैचोटिमा २ वटा बम बिस्फोट, ठुलो संख्यामा हताहती र मानवीय क्षति !

    13.1K
    SHARES



    काठमाडौं, १९ बैसाख ।

    नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो ।

    आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ । बोको हरामले सन् २००९ देखि नै नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनका लागि हिंसाका घटना दोहोराउँदै आएको छ ।

    यो घटनामा अहिलेसम्म २० हजारको हत्या भइसकेको छ भने करिब २० लाख बिस्थापित भइसकेका छन् । पुलिस कमिश्नर अब्दुल्लाही येरीमाका अनुसार पहिलो बिस्फोट मस्जिदमा करिब १ बजे भएको थियो भने दोस्रो बिस्फोट मस्जिद नजिकै भयो ।

    घटनामा एक दर्जन बढी घाइते भएको येरीमाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ