• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार राजनीति

    विप्लवबिरुद्ध खनिए नेकपा नेता कार्यकर्ता, सुदर्शन र कञ्चनमाथिको कारवाही फिर्ता लिन दबाब

    4.9K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी कमिटी र जनवर्गीय संगठनहरुले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’को कारवाही फिर्ता लिन पार्टीभित्रैबाट दबाब बढेको छ ।

    गत वैशाख १४ गते विप्लवले ‘पार्टी अनुशासनविपरित’ गतिविधि गरेको आरोप लगाउदै सुदर्शन र कञ्चनलालाई विप्लवले कथित कारवाही गरेपछि पार्टी कमिटी र जनवर्गीय संगठनले कारवाही फिर्ता लिन माग गरेका हुन् ।

    एकपछि अर्को गर्दै पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन र सहिद परिवारहरुले कारवाही फिर्ता गरेर पार्टी विभाजनबाट रोक्न आग्रह गरेका छन् । ओली र बास्तोलालाई कारवाही गरेलगत्तै प्रतिबन्धको अवधिमा सहिद भएका ५ जना परिवारले प्रेस विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका हुन् ।

    सहिद परिवारको तर्फबाट पुनमाया डंगोल, मनिषा र कलशा शाही, सुरेन्द्र राना, विना सुवर्णकार र मिनामाया श्रेष्ठले विप्लवलाई कारवाही फिर्ता लिन आग्रह गरेका छन् । सहिदको रगतलाई सम्झेर पनि पार्टी एकतावद्ध बनाएर क्रान्तिकारी कार्यभार पुरा गर्नतिर लाग्नुगर्ने सहिद परिवारको सुझाव छ ।

    यस्तै वैशाख १७ गते जाजारकोटका सेक्रेटरी प्रेमबहादुर चलाउनेले एक विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका थिए । ओली र बास्तोलाई अन्यायपूर्ण ढंगले कारवाही गरिएको भन्दै प्रवासी नेपाली जनमञ्च समाज भारतले समेत कारवाही फिर्ता लिन आग्रह गरेको छ ।

    प्रवासी नेपाली जनमञ्च समाज भारतका अध्यक्ष आजाद सेनले कारवाही फिर्ता नलिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । यस्तै आइतबार अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापाले पनि एक विज्ञप्ती जारी गरी कारवाही फिर्ता लिन आग्रह गरेका छन् ।

    पार्टी विभाजनलाई रोक्न विप्लवले कारवाही फिर्ता लिएर संवादका माध्यमबाट समाधान खोज्नुपर्ने सुझाव उनले दिएका छन् । तर, गत शुक्रबार हेमन्तप्रकाश र धर्मेन्द्रपक्षको भेलाले विप्लवको कारवाहीलाई खारेज गर्दै नयाँ ढंगले पार्टी निर्माणमा जुट्नुपर्ने उद्घोष गरेको छ ।

    विप्लव र प्रवक्ता खड्गबहादुृर विश्वकर्मा एमाले अध्यक्ष केपी ओलीको दक्षिणपन्थी बाटोमा गइसकेकाले पार्टी पुनर्गठनमा लाग्नुगर्ने उनीहरुको भनाई छ । विप्लव र प्रकाण्डले पार्टीभित्र मनपरी गरेको भन्दै नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

    पछिल्लोसमय विप्लव र प्रकाण्डले चुनावमा जाने आफ्नो लाइनमा सहमत नहुने नेता कार्यकर्ताहरुलाई पार्टी छोडेर जना उर्दी समेत जारी गरेका छन् ।

    त्यति मात्रै हैन विप्लव-प्रकाण्डले आफुहरुको आलोचनात्मक टिप्पणी र चुनावमा जाने लाइनको बिरोध गर्ने नेता कार्यकर्ताहरुको बिरुद्धमा प्रतिकार समिति समेत गठन गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ