• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    ‘भोलि विप्लवको नेपाल बन्द’ भन्दै समाचार भाइरल ! यी हुन झुटो समाचार लेखेर पाठक झुक्याउने अनलाइनहरु

    27.4K
    SHARES



    दिया चन्द, काठमाडौं ।

    शनिबार १९ गते साँझतिर गणनामै नपरेका केहि अनलाइनहरुले फेसबुकमा एउटा झुटो कुरालाई समाचारको नाम दिएर भाइरल बनाउन खोजे । समाचारको टाइटल थियो-  भोलि फेरी नेपाल बन्दको घोषणा । भोलि अर्थात् फागुन २० गते पुनः नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आव्हान गरेको सन्देश दिने समाचार थियो त्यो ।

    कसैले टाइटलमा ‘विप्लव’ नामलार्इ अगाडि राखेका थिए भने कसैले नेपाल बन्दको तस्वीरमै ‘भोलि फेरी विप्लवको नेपाल बन्द’ भनेर लेखेका थिए ।

    ‘पीआरखबर’ नामक अनलाइनले प्रकाशित गरेको उक्त समाचार प्रकाश तामाङ नामका व्यक्तिले ‘नेकपा एमाले जिन्दावाद’ नामक फेसबुक ग्रुपमा सेयर गरेको देखेपछि मैले त्यहि टाइटल फेसबुकमा सर्च गरे ।

    त्यो न्युजको स्क्रिनसर्ट तल हेर्नुहोस् । साइट नै खोलेर न्युज आफै हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । 

    न्युजको टाइटल छ- ‘भोलि फेरी नेपाल बन्द घोषणा !’ तर बिस्तृतमा समाचार हेर्नुहोस् यस्तो छ – ‘काठमाडौँ !! नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले भोली आइतबार देशैभरीका शैक्षिक संस्था बन्द गर्ने भएको छ ।

    उक्त संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर पक्राउ गरिएका नेता कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्तालको घोषणा गरेको हो ।

    सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

    अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । भोलि शैक्षिक संस्था बन्द गरेर आफ्नो आन्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा आग्रह गरेको छ ।’

    अब तपाई मूल्यांकन गर्नुहोस् की माथिको टाइटल र तलको न्युजबीच के तालमेल छ ? शीर्षकमा विप्लवले नेपाल बन्द गरेको लेखिएको छ भने समाचार बिस्तृतमा हेर्दा नेकपानिकट अखिल क्रान्तिकारीले शैक्षिक आमहडताल गरेको सन्दर्भमा लेखिएको छ ।

    यो समाचार लेख्ने पत्रकारले पाठकलाई झुक्याउने काम मात्र गरेको छैन की आम मिडियाकर्मी र अनलाइन मिडियाहरुको बेइज्जत गरेको देखिन्छ ।

    त्यसैगरी अर्को अनलाइनले प्रकाशित गरेको समाचारबारे कुरा गरौं । तनहुँ पोस्ट नामक अर्को अनलाइनले पनि सोहि समाचार प्रकाशित गरेको छ ।

    समाचार प्रकाशित गर्ने व्यक्तिले टाइटलको अगाडिपट्टि नै नेकपा महासचिव विप्लवको नामलाई निक्कै महत्वका साथ् यसरी राखेको छ –  ‘विप्लव<<भोली नेपाल बन्द घोषणा आयो ओली लाइ अर्को डरलाग्दो चेतावनी !’ समाचारको टाइटलमा विप्लवले नेपाल बन्द आव्हान गरेको र केपी ओली सरकारका लागि त्यो डरलाग्दो खबर रहेको दावी गरेको  छ ।

    उक्त समाचारको लिंक हेर्न यहाँ क्लिक गर्नुहोला । तर बिस्तृतमा समाचार हेर्दा पीआर खबरकै माथि उल्लेखित समाचार जस्ताको त्यस्तै छ।

    समाचार उस्तै छ मात्र टाइटल फेरिएको छ । यतिमात्रै कहाँ होर ? अर्को समाचार हेर्नुहोस् अब तपाई । सिसिर अनलाइन नामक उक्त न्युज पोर्टलले भने टाइटल तनहूँ पाेस्टकै राखेकाे छ तरसमाचार पीअार खबरकै छ ।

    समाचार प्रकाशित गर्ने व्यक्तिले सिरिर लामाले टाइटलको अगाडिपट्टि नै नेकपा महासचिव विप्लवको नामलाई निक्कै महत्वका साथ् यसरी राखेको छ –  ‘विप्लव<<भोली नेपाल बन्द घोषणा आयो ओली लाइ अर्को डरलाग्दो चेतावनी !’ समाचारको टाइटलमा विप्लवले नेपाल बन्द आव्हान गरेको र केपी ओली सरकारका लागि त्यो डरलाग्दो खबर रहेको दावी गरेको  छ ।

    भ्रामक समाचार प्रकाशित गर्ने सिसिरको फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस् । यस्तै उक्त समाचारको लिंक हेर्न यहाँ क्लिक गर्नुहोला । तर बिस्तृतमा समाचार हेर्दा पीआर खबरकै माथि उल्लेखित समाचार जस्ताको त्यस्तै छ ।

    यस्तै न्युज नेपाल टुडे नामक अर्को अनलाइन पोर्टलले पनि यो झुटो समाचार प्रकाशित गरेको देखियो । उक्त पोर्टलको समाचार टंक प्रसाद जोशी नामका  व्यक्तिले फेसबुकमा  सेयर गरेको देखियो । उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुहोला ।

    यस्तै समाचार सञ्जाल नामको अनलाइनले पनि साेहि समाचार प्रकाशित गरेको भेटियो । यस्तो गलत र भ्रामक समाचार प्रकाशित गर्ने साइटका सञ्चालक कैलाली धनगढीका ललित बम रहेको बुझिएको छ ।

    उनले पनि नेपालका पाठकलाई झुक्याएर डलरखेति गर्नकै लागि यो समाचार जस्ताको त्यसै चोरेर राखेको देखिन्छ । उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुहोला ।

    यस्तै चौतारी अनलाइन डटकम नामको पोर्टलले पनि सोही समाचार जस्ताको त्यस्तै सार्दै पाठकलाई झुक्याउने खेलो गरेको भेटियो । हामीले खोजी गर्दै जाँदा उक्त अनलाइन चलाउने ब्यक्ति चित्रमण डाँगी भएको बुझिएको छ । उनका २ वटा फेसबुक एकाउन्ट डाँगी चित्रमण र भिजे डाँगी भेटिएका छन् । पाठक झुक्याउने उक्त अनलाइनको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    यस्तै माण्डबी खबर नामको अनलाइनले पनि साेही समाचार जस्ताको त्यसै कपी गरेको देखियो । पत्रकारका नामका ब्लगरहरुले नेपाली मिडिया क्षेत्रकै बेइज्जेत हुनेगरी कपी पेस्ट पत्रकारितालाई कति प्रश्रय दिएका छन् भन्ने प्रष्ट हुन्छ । उक्त साइटको समाचार हेर्न यहाँ क्लिक गर्नुहोला।

    हामीले खोजी गर्दा उक्त अनलाइन प्युठानका सिसिर केसी भन्ने व्यक्तिले चलाएको बुझिएको छ । यो उनले सिक्नका लागी वा रहर पुरा गर्न चलाएका हुन् भने पनि यसरी हचुवाका भरमा अरुका समाचार कपी गर्दै मिडिया क्षेत्रको बदनाम नगरेको भए हुने थियो कि ?

    यस्तै यहि झुटो समाचार बराहा न्युज नामको अनलाइनले पनि प्रकाशित गरेको छ । हाम्रो अनुसन्धानमा उक्त अनलाइन धरानबाट सुमन मेहताले चलाएको बुझिएको छ । उक्त साइटको समाचार हेर्न यहाँ क्लिक गर्नुहोला ।

    यो अनावश्यक प्रचार किन ? 

    यी सबै समाचार हेर्दा एउटा फेसबुकको Instant Articles बाट डलर कमाउनका लागि झुटो, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित गरेर अनलाइनमा भिजिटर बढाउने उदेश्यका साथ् लेखिएको सजिलै अनुमान गर्न सकिन्छ ।

    पछिल्लो समय केहि अनलाइनहरुले नेपाल कम्युनिष्ट पार्टी र विशेषगरी नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नामसँग जोडेर अनर्गल प्रचारहरू गरेकाे सामाजिक सञ्जाल फेसबुक, ट्वीटरतिर सजिलै देख्न सकिन्छ ।

    के हो वास्तविकता ?

    अनेरास्ववियु (क्रान्तिकारी)ले भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो ।

    यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गरेका थिए । सिंहले सम्मेलनको तयारीमा रहेका नेता-कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै शैक्षिक हड्‍ताल गर्ने चेतावनी दिएका थिए ।

    सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्‍ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

    क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले जारी विज्ञप्तिमा उल्लेख छ -“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।”

    अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो ।

    भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ । यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्‍यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव दिपेन्द्र चलाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको बुझिएको छ ।

    तर गत फागुन ८ गते नेपाल कम्युनिष्टपार्टीले केपी ओली सरकारको दमनबिरुद्ध भन्दै संघर्षस्वरुप नेपाल बन्द अयोजना गरेको थियो । जुन समाचारलाई नेपाल सबै मिडिया हाउस हरुले समेटेका थिए । संचारकेन्द्रमा प्रकाशित उक्त समाचार भने ७४ हजार ६ सय जना पाठकले सिधै साइटबाट सेयर गरेका थिए । उक्त न्युज हेर्न यहाँ क्लिक गर्नुहोला ।

    फोटोमा हेर्नुहोस् यो झुटो समाचार प्रकाशन गर्ने केही अनलाइनका स्क्रिन शोर्टहरु 

    २०७४ आफुन १९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ